जनकपुरमा प्रहरी विरुद्ध टायर बालेर प्रदर्शन

[sharethis-inline-buttons]

आज्ञा खबर
जनकपुरधाम
धनुषाको जनकपुरधाममा सोमबार नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका युवाहरूले टायर बालेर धनुषा प्रहरीविरुद्ध नाराबाजी तथा प्रदर्शन गरेका छन्।
जनकपुर सिथ्त जनक चोकमा अनेरास्ववियुका युवाहरुले टायर बालेर प्रदर्शन गर्नुका साथै धनुषा प्रहरीविरुद्ध नाराबाजी गरेको अनेरास्ववियु धनुषा जिल्ला अध्यक्ष पुरुषोत्तम चौधरीले जानकारी दिए।

घर भाडाको विषयमा छलफल गर्न जिल्ला प्रहरी कार्यालय धनुषा पुगेका युवाहरू र अर्को पक्षबीच कुरा नमिल्दा होहल्लाको स्थिति सृजना हुँदा राष्ट्रिय युवा संघका प्रदेश अध्यक्ष लभ अधिकारीमाथि एक जना प्रहरी हवलदारले कलर समातेर हातपात गरेको उनिहरुले बताएका छन ।
आफूहरूले विरोध गरेको सभामा
हवलदारले गरेको अभद्र व्यवहारको जानकारी इन्सपेक्टर एस के यादवसमक्ष गर्न जाँदा उल्टै उनले आफूहरूमाथि दुव्र्यवहार गरेको अध्यक्ष चौधरीले गुनासो गरे । मुख्य चोकमै टायर बालेर प्रदर्शन गर्ने क्रममा प्रहरीले आगो निभाएका छन् । आक्रोशित युवाहरू सडकको बीचमै बसेर बाटो अवरुद्ध बनाएका छन् । अहिले जनक चोकमा प्रहरी र सुरक्षा बलको बाक्लो उपस्थिति रहेको छ ।

यता इन्सपेक्टर एक के यादवसँग फोन सम्पर्क गर्दा उनले छलफलको क्रममा विवाद हुँदा आफूहरूले सम्झाउन मात्र खोजेको र युवाहरूले लगाएको आरोपमा कुनै सत्यता नरहेको प्रतिक्रिया दिए ।