माघे संक्रान्तिका खाने कुरा स्वास्थ्यको हिसाबले पनि लाभदायक मानिन्छ : मैथिल जानकार महेश झा

[sharethis-inline-buttons]
  • निकेश खनाल
    बर्दिवास
    मधेस प्रदेशमा भोली (मंगलवार) तिला संक्रायत मनाइदैछ । देशैभरी माघे संक्रान्ती खिचडी पर्व को रुपमा परिचत यो पर्व हरेक बर्ष माघ १ गते अर्थात मकर संक्रान्तीको नामबाट समेत विभिन्न समुदायले विभिन्न किसिमले मनाउने गर्दछन् । मधेसमा पनि यसको बेग्लै विशेषता छ । मधेसी समुदायहरूबीच तिलको लड्डु यो पर्वमा लोकप्रिय प्रसाद तथा खाजाकै रुपमा परिचित रहेको छ । यो दिन दही, चिउरा, तिलको लड्डुसहित मिठो परिकार बनाएर खाने चलन मधेशीहरुको छ । संक्रान्तिकै दिन खिचडी खाने पनि परम्परा समेत छ । बिहानै नुहाइधुवाई गरी चोखो भई सर्वप्रथम तिल र चामल छोइ चोखो नितो गर्दे पितृहरूका लागि निकाल्ने गरिन्छ।

यस दिन तिल, चिउरा, मुरही, जनेरा, मोमफली लगायत विभिन्न किसिमका लड्डु बनाइन्छ । यी परिकार पूजापाठ गरी सर्वप्रथम घरका कुल देवतालाई चढाइन्छ । देवीदेवतालाई चढाएर मात्र खाने चलन मधेशमा रहेको मिथिला संस्कारका जानकार महोत्तरी बर्दिवास २ का महेश झा बताउँ छन । उनको भनाई अनुसार जाडो मौसममा पनि यो पर्व पर्ने गरेकाले समेत

यस पर्वमा खाने परिकारले शरीरलाई न्यानो राख्छ । यस्ता खाने कुराहरू स्वास्थ्यको हिसाबले पनि लाभदायक मानिन्छ । मकर संक्रातीकै दिन सूर्य उत्तरायणमा प्रवेश गर्ने हुँदा दिन लामो र रात छोटो हुँदै जान्छ । तरुल (अलेवा)लाई पुस मसान्तका दिन उसिनेर माघ १ गते खाने परम्परा छ । तरुल खेती गर्ने किसानलाई यति बेला भ्याइ न भ्याइ छ । यसैगरी मधेसवासीले माघ १ लाई नहाए अर्थात नुहाउने पर्वका रूपमा समेत मनाउने गरेको झा बताउ छन । उनले भने सबैले संक्रन्तिको दिन अनिवार्य रूपमा नुहाउने गर्दछन् । बच्चादेखि, युवा वृद्धवृद्धाले पनि नुहाउने गर्दछन् । विभिन्न धार्मिक स्थल, नदी, जलाशय र कुण्डहरूमा दर्शन र स्नानगर्ने भक्तजनहरूको भिड लाग्ने गर्दछ ।

यो दिनमा दाजुुभाइले आफ्ना दिदीबहिनीको घरमा कोसेली (सनेश) लिएर जाने परम्परा छ । सनेसको रूपमा तिल, चिउरा र कपडा लैजाने परम्परा छ । यो दिन दिदीबहिनीहरू आफ्नो माइतबाट कोसेली आउँछकी भनि बाटो हेरेर आसगरीरहने मधेशीहरुको चलन छ ।

मधेशका दैनिक उपभोग्यका सामान पाईने पसलहरुमा तिल र चिउरा खरीद गर्ने ग्राहकहरुको अत्यधिक भिड लाग्ने गरेकाको छ। आर्थिक मन्दीले गुज्रिरहेका व्यपारीहरूका लागि समेत आर्थिक दृष्टिकोणले यो पर्व लाभदायक मानिएको बर्दिवास घर संसारका सञ्चालक मन्दिप गिरीको भनाई छ । उनले भने,तिल र चिउराको राम्रो ब्यपार भएको छ। ,त्यस बाहेक हामी आफैले उत्पादन गरेको घरेलु लड्डु को बिक्रि समेत राम्रै भएको छ ।
माघे संक्रान्तिीकै दिन घरघरमा मिठो खिचडी पकाइ खाने गरिन्छ। घ्यूमा पकाएको खिचडी घरपरिवारका सबै सदस्यहरूले खाने गर्दछन् । धेरैजसोले बिहान खिचडी खाने र बेलुका दही, चिउरा, तिलको लड्डुु खाने गर्दछन् । माघे संक्रान्ती पर्वलाई थारू समुदाय विशेष महत्वका साथ मनाउने गर्दछन् । यो दिन थारू समुदायको माघी पर्व हो। माघे संक्रान्ती पर्वको अवरमा सरकारले मंगलवार सार्बजनिक बिदा दिएको छ ।