निकेश खनाल
बर्दिवास
जनमत पार्टी परीत्याग गरेर महोत्तरीका दर्जनौं युवा नेता तथा कार्यकर्ता आईतवार जसपा, नेपालमा प्रवेश गरेका छन् । महोत्तरी क्षेत्र नं. ३ (ख) का जनमतका केन्द्रीय सदस्य दिपेन्द्र मधेशी लगायत दर्जनौ नेता तथा कार्यकर्ताहरु जसपाको जनकपुरधाम स्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा जसपा प्रबेश गरेका हुँन ।
नब प्रबेशीहरुलाई पूर्व उपप्रधानमन्त्री तथा जसपा, नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव र जसपा नेपालको राजनीतिक समिति सदस्य एवम् मधेश प्रदेश प्रमुख अभियन्ता हरि नारायण यादवले अबिर,माला र गम्छा लगाईदिएर पार्टीमा स्वागत गरेको बताईएको छ।
मधेशीसँगै जनमत पार्टीका शुभास मिश्रा, बैद प्रकाश यादव, नवीन यादव, गोपाल यादव, राम अनेक यादव, अनिल यादव, राम जनय यादव, प्रशान्त यादव, लभ ठाकुर, नरेश यादव लगायतका सक्रिय नेताहरू पनि जसपा, नेपालमा समाहित भएका छन् । नवप्रवेशीहरूलाई राष्ट्रिय अध्यक्ष यादवले स्वागत गर्दै, पार्टीको राजनीतिक कार्य दिशामा अघि बढ्न सुझाव दिए ।