निकिता खनाल
बर्दिवास
बर्दिवास नगरपालिकाका मेयर प्रह्लाद कुमार क्षेत्रीले बर्दिवास नगरपालिकाले किसान बहुमुखी सहकारी संस्थालाई आवश्यकताको आधारमा सहयोग गर्ने बताएका छन । महोत्तरीको बर्दिवासमा शनिवार सो सहकारीको ९ औ बार्षिक साधारणसभालाई सम्बोधनगर्ने क्रममा उनले यस्तो बताएका हून । उनले जनाबर र वतावरणका समस्या राष्ट्रिय समस्या भएकाले यसलाई स्थानिय सरकारले मात्रै समाधान खोजेर सम्भब नभएको बताए ।
उनले त्यसको समाधानकालागी संघ र प्रदेश सरकार जिम्मेवार बन्नुपर्नेमा जोड दिए । उनले बर्दिवास नगरपालिका भित्रको बिकासकालागी आफुले सर्बदलिय छलफल राख्न चाहेकाले यहाँको बिकास र समस्याको समाधानकालागी सबै एकजुट हुनुपर्ने आवश्यकता औल्याए ।
मेयर क्षेत्रीले बनक्षेत्रमा पोखरी खन्न राष्ट्रिय बनसंग र सहकारी बनसंग छलफल भईरहेको जनाए । उनले भने,गौशला चोकमा नगरपालिकाले बोरीङ्ग खनेर त्यस मार्फत पानी निकालेर बितरण गरिरहेको छ। केहि मानिसहरुले राजमार्गमै जनावरहरुलाई खानेकुरा बितरण गरेर दुर्घटनाको सम्भाबना बढाईरहेको देखिन्छ । त्यसको उचित ब्यवस्थापनकालागी छलफल भईरहेको छ। केहि दिन भित्रै यसले निकास पाउने छ । उनले बर्दिवासमा शिक्षाको किासकालागी नगरपालिकाले जनता बहुमुखी क्याम्पसलाई १० बिघा जग्गा दिएको छ ।
नगरपालिकाले अन्य जग्गा राम जनकी फन पार्क निर्माणकालागी छुटुयाई सकेकाले क्याम्पसलाई २० बिघा जग्गादिन नसकिने जानकारी दिए । मेयर क्षेत्रीले नगरभित्रका आम कृषकलाई कृषिमा आत्म निर्भर बनाउन अनुदान स्वरुप बिभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउदै उनले बिउ उत्पादन लगायतको बिबिध कार्यक्रम किसान बहुमुखी सहकारी संस्था मार्फत गर्न सकिएमा नगरपालिकाले ५० प्रतिशत अनुदान उपलब्ध गराउने बिश्वास दिलाए ।
२०३३ सालमा स्थापना भएको यो सहकारी संस्थामा हाल ४ सय भन्दा बढी शेयर सदस्य रहेका छन।
संस्थाका अध्यक्ष भनुभक्त पोखरेलको अध्यक्षतामा
सम्पन्न साधारणसभा सञ्चालक समितिको तर्फबाट आ.व. २०८१÷८२ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरीएको छ । संस्थाको आर्थिक वर्ष २०८१÷८२ मा आय तर्फ घरभाडा आम्दानी ,जग्गा भाडा आम्दानी,बजार ठेक्का र अन्य आम्दानी गरी कुल ३४ लाख ३८ हजार ५सय ८९ रुपैयाँ रहेको छ । त्यसैगरी ब्यय तर्फ कर्मचारीको तलब खर्च, बिद्युत लाईन जडान स्विकृती,सरसफाई खर्च,मसलन्द खर्च,बिद्युत महसुल,खानेपानी महसुल,भ्रमण खर्च,जग्गाको मलपोत खर्च,मर्मत खर्च,अध्यन तथा अबलोकन भ्रमण खर्च,मुद्दा खर्च,आयकर तथा अन्य कर खर्च, ईन्धन खर्च, साधारणसभा खर्च लगायत कुल १७ लाख ३४ हजार ४ सय २० रुपौयाँ खर्च रहेको संस्थाको बार्षिक प्रतिबेदनमा उल्लेख गरीएको छ ।
