बिमा बापत सदाको परिवारले पाए एक लाख

[sharethis-inline-buttons]

निकेश खनाल
बर्दिवास
महोत्तरीको बर्दिवास नगरपालिका १४ का एकजना मुसहर समुदायका पुरुसको परिवारले मृत्यु पश्चात शुक्रवार १ लाख रुपैयाँ जिवन बिमा बापतको रकम भुक्तानी पाएका छन्।
बर्दिवास वडा नम्बर १४ निवासी ३९ बर्षिय फेकना सदाको एक महिना अघि छाती रोगका कारण आफ्नै निवासमा मृत्यु भएको थियो।
मृत्यु पश्चात सदाको परिवारलाई नगरपालिकाले गराईदिएको जिबन बिमा बापत लिबरटी लाईफ इन्स्योरेन्स कम्पनी बर्दिवास शाखाबाट १ लाख रुपैयाँको मृतक बिमा भुक्तानी पाएको नगरपालिकाका प्रबक्ता तथा वडा नम्बर १४ का अध्यक्ष बिजयकुमार महतोले जानकारी दिए ।
सीमान्तकृत जातीमा पर्ने मुसहर समुदायको सुरक्षित भविष्य र सर्वाङ्गीण हितका लागि नगरपालिकाले बर्दिबास १०, १२ र १४ नं वडामा बसोबास गर्ने १८ देखि ६९ वर्ष उमेर समूहका ४५० जना मुसहरको प्रति व्यक्ति एक लाखका दरले गत वैशाख महिनामा ‘सामूहिक म्यादी लघु जीवन बिमा’गराई दिएको थियो । सोही स्किम बापत मृतक परिवारले बिमा रकम पाएका हुँन।
‘चरम गरिबी, अभाब र अशिक्षाको भुमरीमा पिल्सिएका मुुसहर समुदायको तिनबर्षको सम्पुर्ण बिमा रकम नगरपालिकाले एकमुष्ट तिरीदिएर निशुल्क सामुहिक लघु जीवन बिमा गराईदिने बर्दिवास नगरपालिका देशकै पहिलो नगरपालिका भएको दाबी गरीएको छ।
स्व.सदाको परीवारलाई रकम भुक्तानी गर्न बर्दिवास नगरपालिकाका प्रमुख प्रह्लाद कुमार क्षेत्रीले मृतकको परीवार, लिबरटी लाईफ इन्स्योरेन्स कम्पनी बर्दिवास शाखाका प्रबन्धक रबिन्द्र कुमार मिश्र वडा नम्बर १४ का अध्यक्ष तथा प्रबक्ता बिजय कुमार महतोलाई नगरकार्यपालिकाकै कार्यालयमा बोलाएर मृतककी श्रीमती सानु सदालाई १ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुँन ।
चेकको रकम बुझ्दै बिमित मृतक सदाकी श्रीमती सानु सदाले नगरपालिकाले गराईदिएको जिवन बिमाले बिपन्न नागरिकलाई मृत्यु अघि बिरामीको उपचारमा लागेको खर्च र मृत्यु पश्चात काज क्रिया,संस्कारले सधै ऋणको बोझ बोक्नु पर्ने बाध्यताको अन्त्य गर्दै मुसहरहरुको घाउमा ठुलो मलम लगाएको बताईन । उनले नगर प्रमुख क्षेत्रीलाई धन्यवाद दिदै भनिन,नगर सरकार जेन्ना हमरासबके दुख, बिमारमे सहयोग क,रहलहै उहेबात हमरा सबके सबसे बरका उपलब्दी है ,अर्थात नगर सरकारले जसरी हामीलाई दुख पर्दा र बिरामी हुँदा हाम्रोलागी सहयोग गरीरहेको छ ,त्यहिनै हाम्रोलागी सबैभन्दा ठुलो उपलब्दी हो । उनले नगरपालिले गरिदिएको बिमाले आपतमा राहत पाएको महशुश गरिन ।
बनीबुतो गरेर जीवन निर्वाह गर्ने मुसहर परिवारका लागि एक लाख रुपियाँ पाउनु भनेको ठुलो रकम भएकोले बिमा रकमको दुरुपयोग नहोस र कसैले ललाई फकाई ठगी गर्न नपाओस् भनी बिमा बापतको चेक रकम मृतककी श्रीमाती सदाकोे बैंक खातामा जम्मा गरिएको बिमा कम्पनीका प्रबन्धक रबिन्द्र मिश्रले जानकारी दिए ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...