बर्दिवासका बिपन्न समुदायलाई कम्बल बितरण

[sharethis-inline-buttons]

निकिता खनाल
बर्दिवास
बिगत केहीदिनदेखी अत्यधिक चिसो र शितलहर बढेपछी महोत्तरीको बर्दिवास नगरपालिका भित्रका शीतलहर तथा चिसोबाट प्रभावित अति विपन्न दलित तथा असहाय परिवारका सदस्यलाई बिहिवार कम्बल वितरण गरीएको छ । बर्दिवास नगरपालिका,सेभ,द चिल्ड्रेन र सि.डि,ए.एफ,एम को संयुक्त आयोजनामा बर्दिवास नगरपालिका वडा नम्बर १४ र ६ भित्रका अति विपन्न तथा गरिब परिवारलाई मानवीय सहायता उपलब्ध गराउने योजना अनुरूप १ सय २१ थान कम्बल वितरण गरीएको हो।

कम्बल बितरण कार्यक्रमलाई सम्बोधनगर्ने क्रममा सामुदायिक बिकास तथा पैरबी मञ्चका अध्यक्ष नागदेब यादबले दलित तथा आर्थिक अवस्था कमजोर भएका लक्षित वर्गलाई कम्बल वितरण गरिएको बताए । उनले भने, समुदायलाई जाडोमा न्यानो प्रदान गर्नका लागि हरेक बर्ष हाम्रो संस्थाले कम्बल वितरण गर्ने गरेको छ ।
,हाम्रो संस्थाले न्यानो कम्बल वितरणको अभियान अन्तरगत लक्षित वर्गलाई समेट्ने गरी निरन्तर रूपमा अघि बढाउँदै लैजाने छ ।’
हाल शितलहर र जाडोले सताइरहेको अवस्थामा कम्बल पाउँदा खुसी लागेको बर्दिवास १४ की एक मुसहर समुदायको स्थानिय महिलाले बताईन ।
उनले भनिन‘,चिसोले सताइरहेको थियो । कम्तीमा एउटा भए पनि कम्बल पाउँदा केही राहतको महसुस गरेका छौंँ,’
त्यस्तै, सोही वडाकी सुदामा देवीले पनि शीतलहर चलिरहेको बेला कम्बल पाउँदा न्यानो हुने बताइन् । उनले भनिन,‘धेरै रात चिसोमा नै बितायौँ,’“यो कम्बलले केही भए पनि राहतको महसुस गराएको छ।”

नगरपालिकाको वडानम्बर ६ र १४ मा रहेका दलित तथा अन्य समुदायको आर्थिक अवस्था कमजोर भएकाले पनि न्यानो लुगाको अभाव भइरहेको अवस्थामा कम्बल वितरणले केही हदसम्म भए पनि यहाँका जनताले राहतको अनुभुती गरेको उनिहरुले सुनाए ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...