आज्ञा खबर
बर्दिवास
दुर्गा प्रसाई नेतृत्वको नागरिक बचाउ महाअभियान महोत्तरी जिल्लामा पनि बिबिध कार्यक्रम गर्दै अघिबढेको छ । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउको नारा बोकेको यो अभियान महोत्तरीको बर्दिवास नगरपालिका ४ बाट शुरु भएर जिल्लाको सोनमा,पिपरा,गौशलामा सञ्चालन भईसकेको हो । अभियानमा मिटरब्याज पिडितको घर जग्गा लिलामी सम्बन्धि कुनैपनी किसिमको सिफारिस बैक, लधुबित्त संस्था तथा सहकारी संस्थालाई नदिन अभियानले नगरपालिकालाई अनुरोध गरेको छ ।
महोत्तरी जिल्लाका १५ वटै पालिकामा अभियान सञ्चालन हुँने लक्ष्य लिएको यो अभियानमा
नागरिकले लिएको ऋणका कारण कोहिपनि बिचलित र बिस्थापित नहुँन भन्ने उदेश्य रहेको अभियानका अभियन्ता तथा नगरिक बचाउ अभियानका यातायात ब्यवसायी केन्द्रिय सचिवालय सदस्य सानु पुर्बछानेले जानकारी दिए ।
महाअभियानका अभियानी सानु पुर्बछानेको नेतृत्वमा मिटरब्याज पिडित सर्वसाधारणको सहभागिता मधेश प्रदेश लगायत अन्य प्रदेशमा समेत बढ्न थालेको छ ।
झापाका व्यवसायी दुर्गा प्रसाईले सुरु गरेको आन्दोलनमा पछिल्लो समय महोत्तरीमा ठुलो संख्यामा पिडितको सहभागिता बढ्न थालेको हो । कर्णाली प्रदेश भन्दा पनि मानब बिकास सुचाङ्कमा पछी परेको महोत्तरीमा नागरिकको सहभागित समेत राम्रो देखिएको छ ।

नेपालका बैंक,लघु बित्त संस्था तथा सहकारीहरुले सर्वसाधारण जनतामाथि गरेको शोषण, दमन, अत्याचार र उत्पीडनका विरुद्धमा यस स्थानका नागरिकले आवाज उठाउँदै आएका छन् ।
अभियानले हिन्दु राज्य कायम गर्नुपर्ने, संघीयता खारेज गर्नुपर्ने, लघुवित्त आतंक, आर्थिक संकटका कारण आत्महत्या गर्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने, बैंक तथा वित्तीय संस्थाको चर्को व्याजको अन्त्य नगरिकको घर ,जग्गा लिलामीको अन्त्य हुनुपर्ने लगायतका एजेण्डा राखेर आन्दोलन सुरु गरीएको हो । अभियानकै क्रममा महोत्तरीको गौशला नगरपालिका ५ की रिप्ती खातुनले ३ बर्ष पहिले गौशलाकै स्थानिय ललिया देबीसंग पँचलाख ऋण लिएकी थिईन ऋण लिएकै कारण खातुनलाई केहि समयपछी ऋण दिने साहु ललियादेबीले उनकै घरबाट निकाली बसिरहेको घरमा तालाबन्दी गरेर घर कब्जा गरी खतुनलाई घरवार बिहिन बनाएकी थिइन । हाल खातुन आफन्तको घरमा आश्रय लिएर बस्दै आएकी छिन ।
खातुनलाई पुर्बछाने नेतृत्वको नागरिक बचाउ अभियानका अभियन्तारुहरुले सो घरको ताल्चा फुटाएर घरको मुलगेटमा नागरिक बचाउ अभियानको ब्यानर तथा झन्डा लगाई दिएका छन् । पुर्व राजा ज्ञानेन्द्र शाहलाई मञ्चमा राखेर झापाबाट सुरु भएको आन्दोलन देशका बिभिन्न ठाउँमा ज्वारभाटा जस्तै सल्किएको देखिएको छ ।





































