१ सय १६ परिवारलाई न्यानो कपडा वितरण

[sharethis-inline-buttons]

माधब पौडेल
बर्दिवास

महोत्तरीको बर्दिवास नगरपालिका १ मा रहेको सबैकालागी हामी संस्थाले न्यानो कपडा वितरण गरेको छ । तराई क्षेत्रमा विगत केही दिनयता चिसो बढेकाले जाडोका कारण विपन्न तथा गरिब परिवार र बालबालिका बढी प्रभावित भएका छन्।
हुस्सु, कुहिरो तथा शीतलहरले जनजीवन कष्टकर भएपछि संस्थाले बर्दिवास नगरपालिका भित्रको वडा नम्बर २,६,७,८,९,१२ र १३ का विपन्न १ सय १६ परिवारलाई न्यानो कपडा वितरण गरेको सबैकालागी हामी संस्थाका अध्यक्ष रबी निरौलाले जानकारी दिए ।

उनले समाजलाई सचेत तथा मर्यादित बनाउन एकले आर्कालाई सहयोग गर्न सकेमात्रै समाजमा भएका बिपन्न नगरिकलाई आत्मनिर्भर बनाउन सकिने धारणा राखे ।

निरौलाले जाडो याममा न्यानो कपडा वितरण गर्ने अभियान निरन्तर चलिरहने भन्दै बर्दिवास नगरपालिकाभित्र मात्रै यो बर्ष २ सय परिवारलाई न्यानो बितरण गर्ने लक्ष्य लिएको प्रस्ट पारे ।
अध्यक्ष निरौलाले संस्थाले वितरण गरेको न्यानो कपडा कपडा मात्र नभएर यो एक छिमेकीले अर्को छिमेकीलाई प्रदान गरेको सद्भाव र प्रेम समेत भएको बताए ।
उनले भने,‘हामीले अभियान मार्फत अति गरीब बिपन्न सुकुम्बासी बस्ती बिपन्न बालबालिकाहरुलाई न्यानो कपडा संस्था सञ्चान भएदेखी हालसम्म बाडदै आएका छौ यस्ले जाडोकै कारण कोहीपनि बिरामी भएर कसैको अकालमै कठ्याङ्गरिएर ज्यान नजाओस भन्ने हाम्रो लक्ष्य हो ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...