वर्दिबासमा दोश्रो मेयर कप क्रिकेट खेल हुँदै

[sharethis-inline-buttons]

माधब पौडेल
बर्दिवास
वर्दिबासमा दोश्रो मेयर कप(वडा स्तरीय) क्रिकेट प्रतियोगिता हुने भएको छ । वर्दिवास रंगशालाको खेल मैदानमा यहि माघ १ गतेवाट खेल शुरु हुने भएको हो । श्री सर्च ०४४ खेलकुदतथा संगित संस्थाको आयोजना र वर्दिबास नगरपालिकाको आर्थिक सहयोगमा उक्त खेल हुन गैरहेको छ । श्री सर्च ०४४ काअध्यक्ष योगेश हमालले दिएको जानकारी अनुसार उक्त खेलमा वर्दिबास नगरपालिकाका १४ वटै वडावाट सहभागिताको अनुरोध गरीएको हमालले वताए ।खेलमा प्रथम हुने टिमलाई रु.५१,००० र दोश्रो हुनेलाई रु.२५,००० पुरस्कारको व्यवस्था गरीएको छ ।

मेयर कपमा सहभागिहुने खेलाडीहरु उक्त वडाको स्थायि वासी रहेको वडावाट प्रमाणित गर्नुपर्ने नियम बनाईएको आयोजकले वताएको छ । सहभागि हुन चाहने वडाहरुले यहि पौष २७गते भित्र संस्थाको फोकल पर्सन ईमेश शाह(अनिस) संग सम्पर्क गर्न पनि आग्रह गरीएको छ ।