कृषि मन्त्रालयका पूर्वसचिव डा नम्रता सिंहसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

[sharethis-inline-buttons]

आज्ञा खबर
जनकपुरधाम
मधेस प्रदेशको कृषि मन्त्रालयका पूर्वसचिव डा नम्रता सिंहसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

सिंह हाल लुम्बिनी प्रदेशको कृषि मन्त्रालयको सचिवका रूपमा कार्यरत छिन्। उनी भेटेरिनरी डाक्टर पनि हुन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन सचिव नम्रता सिंह, वरिष्ठ कृषि अर्थविज्ञ तथा कृषि ज्ञान केन्द्र धनुषाका तत्कालीन कार्यालय प्रमुख शंकरप्रसाद साह, कृषि प्रसार अधिकृत अमरचन्द्र मण्डल र सहलेखापाल ब्रजेशकुमार साहविरुद्ध एक करोड रूपैयाँ हिनामिना गरेको अभियोगमा भ्रष्टाचार मुद्दा चलाएको छ।

पशु चिकित्सक रञ्जितकुमार अधिकारी, कृषि प्रसार अधिकृत अविनाशकुमार झा र कृषि विकास निर्देशनालयका कृषि अर्थविज्ञ विकासकुमार साहले पनि यस प्रकरणमा संलग्न रहेको अख्तियारको अभियोग छ।

यस्तै युवरानी मत्स्य तथा कृषि फार्म प्रालि, औरही, महोत्तरी र उक्त फार्मका सञ्चालक लक्ष्मीनारायण यादव पनि भ्रष्टाचार मुद्दामा अभियुक्त कायम भएका छन्।

उनीहरूले मिलेमतोमा कृषि अनुदान घोटाला गरेको अख्तियारले अनुसन्धानबाट निष्कर्ष निकालेको छ।

विशेष अदालतमा यो मुद्दा दायर भएसँगै अभियुक्त बनाइएका सबै सरकारी कर्मचारी निलम्बनमा गएका छन्।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...