न्यायिक समितिलाई प्रभावकारी बनाउनुपर्छ ः अध्यक्ष दत्त

[sharethis-inline-buttons]

आज्ञा खबर
जनकपुरधाम
मधेसी आयोगका अध्यक्ष विजयकुमार दत्तले संविधानप्रदत्त अधिकार उपयोग गर्दै देशभरका पालिकाले प्रभावकारी ढङ्गले काम गर्नुपर्ने बताएका छन् ।

मधेसी आयोग नेपालद्वारा शनिबार आयोजित प्रशिक्षक–प्रशिक्षण कार्यक्रममा उहाँले स्थानीय तहका विवाद पालिकाका न्यायिक समितिले समाधान गर्नुपर्ने बताएका हुन् । साथै अध्यक्ष दत्तले सक्षम एवं अधिकार सम्पन्न बनाउनेतर्फ पालिका प्रमुख तथा उपप्रमुखले विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

आयोगका सदस्य जीवछ साहले मधेसी आयोगको काम कर्तव्य अधिकारबारे जानकारी दिँदै बजेट अभावले आयोगलाई काम गर्न समस्या भएको गुनासो गरे । धनुषा जिल्ला अदालतका जिल्ला न्यायाधीश चुरामन खड्काले पालिकाबाट स्थानीयस्तरका झगडा मिलाउँदा अदालतमा मुद्दाको चाप घट्नका साथै न्यायप्राप्तिमा विलम्ब नहुने बताए ।

जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डलले स्थानीयस्तरका विवाद स्थानीय तहबाटै समाधान गर्नुपर्ने जिकिर गरे । धनुषा जिल्ला प्रहरी कार्यालयका प्रमुख भुवनेश्वर तिवारीले न्यायिक समितिहरूबाट अपेक्षित रूपमा कार्यसम्पादन नहुँदा प्रहरीमाथि थप बोझ परेको गुनासो गरे ।

प्रशिक्षणमा धनुषाका १८ पालिकाका उपप्रमुख तथा प्रशासकीय अधिकृत र जिल्लाका प्रहरी कार्यालय धनुषाअन्तर्गतका सहायक तथा अधिकृतस्तरका कर्मचारी गरी ५० जना सहभागी थिए । रासस

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...