निकेश खनाल
बर्दिवास
उपप्रधान तथा सहरी विकाश मन्त्री प्रकाशमान सिंहले हालको सविधान जारी गर्दासम्मको अवस्थामा आई पुग्दा जनता अधिकार सम्पन्न भएको बताएका छन । महोत्तरीको बर्दिवासमा नेपाली कांग्रेस महोत्तरीले शनिवार राखेको कांग्रेस कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुँन उनले जनताको लामो सङ्घर्ष र बलिदानबाट प्राप्त गरीएको हालको उपलब्धि लाई रक्षा गर्न सबै एक जुट हुनुपर्ने आवश्यता औल्याए। जनताको अधिकारको रक्षा र लोकतन्त्रलाई थप सुदृढ बनाउन पनि संविधान संशोधन आवश्यक भएको धारणा राख्दै उनले ।
२०४६ साल अघिको निरंकुश ब्यवस्था र २०७२ को संबिधानले मुलुकले प्राप्त गरेको उपलब्धिलाई एकै साथ तुलनागर्न नहुने उनको भनाई थियो । मन्त्री सिंहले अहिलेको गठबन्धनको सरकार जनताको नैरास्यता चिर्न बनेको भन्दै यसअघि छिटो छिटो सरकार परिवर्तन हुने कारणले जनतामा नैरास्यता पैदा भई सरकारप्रति नै अविश्वास बढ्दै गएको जनाए । उनले देशभित्र देखिएको राजनीतिक स्थिरताका कारण लोकतन्त्र प्रति नकारात्मक दृष्टि पैदा हुन सक्ने खतरा आउन लागेकाले समेत हालको गठबन्धन सरकारको बिकल्प नरहेको उल्लेख गरे ।
कांग्रेसका उप सभापती समेत रहेका उप प्रधान मन्त्री सिंहले जनताको आन्दोलन,सङ्घर्ष र बलिदानीबाट प्राप्त अधिकारको रक्षा गर्र्दै लोकतन्त्रलाई थप सुदृढ गर्न लोकतान्त्रीक अभ्यासका क्रममा सम्बिधान निर्माणमा गरिएका कमिकमजोरी समाधानका लागि संविधान संशोधनको प्रक्रिया अघि बढाइएको उपप्रधानमन्त्री सिंहको दाबी थियो । यसका लागि दलहरूभित्र सम्यन्त्र गठन गरी संविधान संशोधनका लागि काम समेत सुरु भइसकेको उनले जनाए । उनले भने, अहिले मुलुकको राजनीति २०१७ सालपछिको पुस्ताले हाँकीरहेका छन । पार्टीको गतिविधि, कार्यशैली र सूचना सम्प्रेषणमा त्रुटी कमजोरी छ जस्का कारण कार्यकर्ताले असहज र अप्ठ्यारो महसुस गरीरहेका छन ।
यसको समाधानकालागी गुनासो गरेरभन्दा पनि सबै क्रियाशील भएर लाग्दा मात्र समाधान हुन सक्ने मैले बिश्वास लिएको छु । सम्बोधनकै क्रममा बर्दिवास नगरपालिकाका प्रमुख प्रह्लाद कुमार क्षेत्रीले २०७४ साल देखीनै आफु बर्दिवासको बिकास निमार्णको काममा सहभागी हुदै आएको बताए । उनले बिगतको बर्दिवासलाई फर्केर हेर्दा र अहिलेको बर्दिवासलाई नियालेर हेर्दा आफ्नो अढाई बर्षको कार्यकालमा बिकासले छलाङ्ग मारेको दाबी गरे। उनले भने मेरो कार्यकालमा संघिय सरकार र प्रदेश सरकाबाट पनि धेरै बिकास निर्माणका कामहरु भएका छन । देशको कुनैपनी स्थानमा एकैपटक बिकासको कायापलट भएको छैन बिकास भनेकै चरणबद्व किसिमले एकपछी अर्काे हुँदैजाने प्रक्रिया हो । बर्दिवास नगरपालिका अहिले चरणबद्व किसिमले बिकासको प्रक्रियामा अघिबढिरहेको छ । बर्दिवासको बिकासकालागी सबैसंग सहमती र सहकार्यको हात अघि बढाएका छौ । नगरपालिकाको श्रोत र साधनले बिगतमा ७ सय मिटर मात्रै कालोपत्रे भएको थियो तर अहिले मेरो कार्यकालमा २५ किलोमिटर कालोपत्रे सडक निर्माण भईसकेका छन । नगरपालिकाको बजेटबाट दुईवटा पुल ठेक्का लागेर कामशुरु भईसकेको छ । १५ शैयाको नगरको सरकारी अस्पताललाई स्तरोन्नती गर्दै ५० शैया बराबरको सेवा दिन सफल भएका छौ । नगरभित्रका सबै वडा कार्यालयहरुका आफ्नै भबन निर्माणगरी त्यहिबाट सेवा सुचारु गर्ने प्रक्रियामा छौ । नगरपालिका भित्रको मुसहर समुदायलाई १ लाख बराबरको जिबन बिमाका साथै वडा नम्बर १० का मुसहर समुदायकालागी मधेश प्रदेश सरकारले निर्माण गरेको जनता आवास कार्यक्रम अतरगतको प्रत्येक घरमा बिजुलीको मिटर जडान नगरपालिकाको बजेटबाट गरीदिएका छौ । बर्दिवास भित्रबाट निस्कने फोहरमैलाको उचित ब्यवस्थापनगरी फोहरलाई मोहर बनाउन नगरपालिकाले फोहर प्रशोधन केन्द्रको स्थापना गरेको छ जस्को परिणाम चाडै नै बर्दिवास हरीत बर्दिवासमा परिवर्त हुँने बिश्वास गरीएको छ ।
शिक्षाको बिकासमा नगरपालिका अब्बल छ । नगरका सबै सामुदायिक बिद्यालयमा शिक्षक दरबन्दि मिलान गरीएको छ । अधिकाशं सामुदायिक बिद्यालयमा अंग्रेजी माध्यमबाट अध्यापन भईरहेको छ । नगरभित्रका असहाय तथा बिपन्न जेहन्दार,द्वन्द पिडित बिद्यार्थीलाई नगरपालिकाले हरेक बर्ष छात्रबृतीको ब्यवस्था गरेको छ ।
नगरवासी बिरामी परेर दुर्घटना तथा अन्य कारणले रगतको कमिहुँन गएमा रक्त सञ्चारकेन्द्र संग समन्वय गरी निशुल्क रगतको ब्यवस्था मिलाएका छौ । बिपदमा परेका नगरवासीलाई सम्बन्धित वडा कार्यालयको सिफारिसमा बिपद राहतकोषको ब्यवस्था गरी आर्थिक सहयोगको ब्यवस्था मिलाएका छौ । बैदेशिक रोजगारको क्रममा मृत्यु भएकालाई आर्थिक अवस्थाहेरी काजक्रिया खर्च तथा रोजगारकै क्रममा बिदेशमा समस्यामा परेकालाई उद्धार र सहयोगको ब्यवस्था नगरपालिकाले गरेको छ। त्यसका साथै बर्दिवास सर्प दंशको मुख्य प्रभाबित क्षेत्र भएकाले बर्दिवासका नागरिकलाई सर्पले टोकेमा निशुल्क उपचारको ब्यवस्था नगरपालिकाले मिलाएको छ । नेपाल कृषी प्रधान देश भएकाले नगरभित्रका कृषी क्षेत्रलाई उत्पादन र बजारीकरण को योजना अघि सारीएको छ । जसकालागी अनुदानमा बिउ बिजनको ब्यवस्था गरीएको छ ।
बिउ बिजन र मलखादको समस्याको अन्त्य गरीएको छ । कृषीलाई प्रबद्धनगर्न नगरका खेती योग्य जग्गामा २ बर्ष भित्र ७० थान बोरीङ्ग गाडीएको छ, भने ३० वटा ईनारहरु खनिएका छन ।
त्यसका साथै नगरपालिकाले खेत,खेतमा पानी उत्पादनबाट आम्दानी भन्ने योजना सहित नगरपालिकाका कृषी पकेट क्षेत्रमा कृषि बिद्याुतीकरणको काम थालिएको छ । नगरभित्र खेलकुदको बिकासकालागी प्रत्येक वडामा खेलकुद क्लबहरु गठन गरिएको छ । खेलाडीहरुलाई पोशाक, खेल सामाग्री तथा प्रशिक्षकहरुलाई बिभिन्न सुबिधाको ब्यवस्था नगरपालिकाले गरेको छ।
नगर प्रमुख क्षेत्रीले खयरमारामा मात्रै ५ किलोमिटर सडक कालोपत्रे भई स्तरोन्नती भएको बताउदै खयसमारा र आसपासका स्थानियको स्वास्थ्यलाई मध्य नजरगर्दै खयरमारा स्वास्थ्य चौकीलाई एम्बुलेन्स उपलब्द गराएको जानकारी दिए । उनले बर्दिवासको वडानम्बर ८,१२ र १३ जोडने सडकको स्तरोन्नतीकालागी शहरी बिकास मन्त्रालय अन्तरगतको बजेट अपुग भएकाले थप बजेट बिनियोजनकालागी मन्त्री सिंहसंग आग्रह गरे । क्षेत्रीले आफ्नो दुई बर्षे कार्यकालमा नगरपालिकाबाट पाएको तलब सुबिधा समेत नलिई आफ्नो २५ औ बैवाहिक बर्षगाँठको अवसरमा नेपाल रेडक्रस सोसाईटी बर्दिवास उपशाखालाई रगत संकलन भ्यान खरीदकालागी ७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ सहयोग गरेका छन ।
नेपाली कांग्रेस महोत्तरीका सभापति नागेश्वर यादवको अध्यक्षतामा भएको भेटघाट कार्यक्रममा बर्दीबास नगरपालिकाका नगरप्रमुख प्रहलाद क्षेत्री, कांग्रेस नेता बजरङ्ग नेपाली, नेपाली कांग्रेसबाट निर्वाचित बर्दीबासका वडाध्यक्ष लगायत कांग्रेसका नेता कार्यकर्ताहरूको उपस्थिती रहेको थियो ।
उनिहरुले जिल्लामा कृषि, सिँचाइ, खानेपानी, स्वास्थ्य, बाटोघाटो जस्ता जनतालाई विकाशको प्रत्यक्ष अनुभूति गराउने स्मस्याको बिषयमा उप प्रधान तथा शहरी बिकाश मन्त्री सिंहलाई अबगत गराएको नेपाली कांग्रेस महोत्तरीले जनाएको छ ।
