निकिता खनाल
बर्दिवास
नेपाली कांग्रेसका नेता तथा उप प्रधान तथा शहरी विकास मन्त्री प्रकाशमाान सिंह शनिवार महोत्तरीको बर्दिवास आउने भएका छन्।
बिगत केही समय यता पार्टीका नेता कार्यकर्ता संगको भेटघाटमा व्यस्त रहेका नेता सिंह बर्दिवास आउन लागेको नेपाली कांग्रेस महोत्तरी श्रोतले जनाएको छ । श्रोतका अनुसार कांग्रेसको मधेश प्रदेशमा पार्टीको पकड् बलियो बनाउन तथा पार्टीको बिचारलाई जनताको घरदैलो सम्म पुर्याउन अहिले नेता सिंहको सक्रियता बढेको हो ।
त्यसका साथै आगामी २०८४ को निर्वाचनमा मधेश प्रदेशमा कांग्रेसले अत्यधिक बहुमत ल्याएर यो प्रदेशलाई कांग्रेसमय बनाउने योजना लिएर सक्रियभई अघि बढेका उनि पार्टी भित्रको सबै गुट उपगुटको अन्त्य गर्दै कांग्रेसलाई एकताबद्ध बनाउन समेत बर्दिवास आउन लागेको नेपाली कांग्रेस महोत्तरी क्षेत्र नम्बर १ का सचिब पशुराम गिरीले जानकारी दिए । महोत्तरीको बर्दिवास स्थित क्षेत्र नम्बर १ को क्षेत्रीय तथा नगर पार्टी कार्यालयमा हुँने भेटघाट कार्यक्रममा नेपाली काग्रेसका मेधेश प्रदेश कमिटी सदस्य, महासमिती सदस्य,महाधिबेशन प्रतिनिधि ,नगरकमिटी सदस्य तथा कांग्रेसका बिभिन्न भात्रृ संगठन, शुबेछुक संस्था र बिभिन्न तह,तप्काका नेता,कार्यकर्ताको सहभागिता रहने नेपाली कांग्रेस महोत्तरी क्षेत्र नम्बर १ का सभापती महेश कुमार झा ले जानकारी दिए ।





































