निकिता खनाल
बर्दिवास
बर्दिवास ११ स्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयका तिनजना छात्राले एकैसाथ विष सेवन गर्दा एक छात्राको मृत्यु भएको छ । विष सेवनबाट मृत्यु हुँनेमा सिराहा धनगढी नगरपालिका १० घर भएकी १७ वर्षीया छात्रा रिङ्कु शर्मा रहेको ईलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ।
शर्मालाई मङ्गलबार बिहान बर्दिवासस्थित इलाका प्रहरीले पौने १२ बजेतिर बर्दिवास ४ स्थित जङ्गली क्षेत्रबाट अचेत अवस्थामा उद्धार गरी बर्दिवास अस्पताल पु¥याईएको थियो । अस्पतालका डा. रोशन अधिकारीले उनलाई मृत घोषणा गरेका थिए ।
मत्यु हुनेसंगै विष सेवन गरेकी उषा पण्डित र सन्जु यादवको बर्दिवासस्थित शुभ स्वस्तिक अस्पतालमा उपचार भइरहेको छ । दुवै छात्राको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
विष सेवन गर्ने तीनै जना जियोमेट्री (अमिन) विषयको प्रथम वर्षका छात्रा रहेको निर्मललामा बहु प्रबिधिक शिक्षालयले जनाएको छ ।
घटनाको बिषयमा ईलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले थप अनुसन्धान भइरहेको बताए ।





































