तराई–मधेशका जनता सधै एमालेको पक्षमा छ : महासचिव पोखरेल

आज्ञा खबर
बर्दिवास
नेकपा एमालेका महासचिव शंकर पोखरेलले तराई–मधेशका जनता सधै एमालेको पक्षमा छ भनेका छन ।
महोत्तरीको रामगोपालपुरमा शनिवार नेकपा एमालेले राखेको पार्टी प्रबेश कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो भनेका हुँन। उनले केही तत्वले मधेशी जनतालाई एमाले र यसका अध्यक्ष केपी ओलीका बीच फाटो ल्याउने प्रयास गरेको जनाए।

पोखरेलले बर्षैदेखि अल्झिएर बसेको तराई–मधेशको लाइफलाईन मानिने हुलाकी राजमार्ग एमाले अध्यक्ष ओली नेतृत्वकै सरकारमा रहदा अघि बढेको, जनकपुर रेल्वेको कामले गतिलिएको , सुनकोसी –मरिन बागमति डाइभर्सनको काम सुरु भएकाले मधेशी जनतामा अब एमाले प्रति बिश्वास जागृत भएको दावी गरे । उनले मानव विकास सुचकांकमा पछाडि देखिएको, मधेशमा सामाजिक तथा भौतिक विकासमा समेत पछाडि पारिएकोले एमाले नेतृत्वको सरकारले मात्र यसको उद्धार गर्न सक्ने विश्वास मधेशी जनतामा रहेको उल्लेख गरे।

कार्यक्रममा आफ्नो मन्तब्य राख्दै एमाले पोलिटब्यूरो सदस्य रामदयाल मण्डलले महोत्तरीमा एमाले कहिल्यै कमजोर नरहेको ठोकुवा गरे ।
यादबले पछिल्ला केही निर्वाचनमा आपसी मतभेदले गर्दा एमालेले अपेक्षित परिणाम ल्याउन नसकेको बताए ।

यसैगरी केन्द्रीय सदस्य तथा मधेश प्रदेशका भौतिक पूर्वाधार मन्त्री सरोज यादवले मधेशी मात्रै नभएर पुरै देशको विकासको दृष्टिकोण एमालेसंग मात्र भएको भन्दै अहिलेकोे एमालेप्रतिको महोत्तरीमा बढेको आर्कषण पनि एमालेका जनप्रतिनिधिले गरेको कामको परिणाम भएको दावी गरे । मधेश सरकारमा पनि एमालेले सम्हालेका मन्त्रालय अन्तरर्गतका काममा उपभोक्ता समितिमार्फत कमिसनको खेल सदाका लागि बन्द गरिदिएको समेत उनले दाबी गरे ।
नेकपा एमालेका जिल्ला अध्यक्ष रामवली यादवको अध्यक्षतामा भएको सो सभालाई महोत्तरी क्षेत्रनं. १ का प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो लगायतले सम्बोधन गरेका थिए ।
रामगोपालपुर नगरपालिकाले महासचिव पोखरेललाई १५ किलोको माला लगाईदिएर स्वागत गरेको थियो । पार्टी प्रवेश तथा जनसभा कार्यक्रममा दुई सयबढी नेता तथा कार्यकर्ताले विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गरेका छन् । एमाले प्रवेश गर्नेमा सबैभन्दा बढी माओवादी रहेका छन् । दोश्रोमा लोसपाका र केही कांग्रेसका स्थानीय कार्यकर्ता रहेका थिए ।
यसरी प्रबेश गर्नेहरुमा माओवादी निकट अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य, दलित संगठनका केन्द्रिय सदस्य, जनजाति संगठनका केन्द्रिय सदस्यले माओवादी परित्याग गरी एमाले प्रबेश गरेको बताईएको छ ।
उनिहरुलाई महासचिव शंकर पोखरेलले टिका र माला लगाएर स्वागत गरेका थिए ।

 

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...