राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको प्रथम अधिबेशन सम्पन्न

[sharethis-inline-buttons]

निकेश खनाल
बर्दिवास
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको महोत्तरी अध्यक्षमा बेलबहादुर परियार चयन भएका छन् । शनिवार महोत्तरीको बर्दिवास ३ कालापानीस्थित पिकनिक पार्कमा गरिएको धनुषा र महोत्तरीको प्रथम जिल्ला अधिबेशनबाट परीयार सर्बसम्बतले अध्यक्ष पदमा चयन भएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान मधेश प्रदेशका सचिब बिनोद ढुंगेलले जानकारी दिए ।

अबिधेशनबाट प्रतिष्ठानले परीयारको अध्यक्षतामा २५ सदस्य महोत्तरी कार्य समितीको गठन गरेको हो ।
जसको प्रथम उपाध्यक्षमा नबिन कोईराला द्वितिय उपाध्यक्षमा जीबनराज दहाल सचिबमा रमेश खत्री सहसचिबमा स्नेहा चौधरी कोषाध्यक्षमा उमा बराल रहेका छन । त्यस्तै सदस्यहरुमा जिबनाथ पोखरेल,रामचन्द्र चौधरी,आजिता चौधरी लक्ष्मी चौधरी लगायतका रहेका छन । त्यसका साथै सोही अधिबेशनबाट धनुषा जिल्लाको अध्यक्ष पदमा संजय यादब सर्बसम्बत चयन भएका हुँन । अधिबेशनले यादबको नेतृत्व सहित २० सदस्य नयाँ कार्य समिती चयन गरेको हो जसको प्रथम उपाध्यक्षमा रन्जित शर्मा द्वितिय उपाध्यक्षमा फुलगेन मगही सचिबमा अनामिका मंडल कोषाध्यक्षमा मनिता दहाल रहेका छन ।

त्यसैगरी सदस्यहरुमा शारदा दहाल,सबिता पोखरेल,राजु थापा,निरज परियार,टिना लामा (सारथी) लगायत रहेका छन । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको महोत्तरीका अध्यक्ष बेलबहादुर परियारको अध्यक्षता तथा बर्दिवास नगरपालिकाका मेयर प्रह्लाद कुमार क्षेत्रीको प्रमुख आतिथ्यतामा भएको अधिबेशनमा प्रतिष्ठानका केन्द्रिय उपाध्यक्ष तथा प्रबक्ता सुबास केशी, केन्द्रिय सदस्य कृष्ण प्रसाद गौतम,निबर्तमान सल्लाहकार ईश्वरी पन्त मधेश प्रदेश अध्यक्ष रुद्रसेन बिश्वकर्मा उपाध्यक्ष हेम कुमारी बराल सचिब बिनोद ढुंगेल लायतको सहभागिता रहेको थियो।

सो अधिबेशनलाई सम्बोधन गर्दै प्रमुख अथिती तथा बर्दिवास नगरपालिकाका मेयर प्रह्लाद कुमार क्षेत्रीले नेपालमा प्रजातन्त्रको स्थापना पश्चात बिभिन्न संघ सस्थाहरुले आफ्नो हक र अधिकारलाई उजागरगर्दै सुनिश्चित गर्न एकिकृत भएर संगठनमा आबद्ध भएको बताएका छन। उनले त्यस्ता संघ संस्थाहरुले आफ्नो हक र अधिकार सरकारसंग मागगर्दै आएकाले समेत प्रजातन्त्रदेखी लोकतन्त्र सम्म आईपुग्दा हरेक नेपालीको कला संस्कृती तथा धर्मको रक्षा समेत सरकारले गर्नुपर्ने आजको अवश्यकता रहेको प्रकाश पारे ।

मेयर क्षेत्रीले भने, तपाईहरु पनि लोक संस्कृतिको जगेर्नागर्न तिनै तहको सरकारसंग आफ्नोमाग राख्नुहोला । त्यसमा सबै मागहरु एकै पटकमा पुरा नहुन सक्छ । तर कानुन संबत मागहरुलाई सरकारले अवश्य पुरागर्ने बिश्वास हामिले लिएका छौ । क्षेत्रीले संस्कृती र स्थानिय कला जगेर्नागर्ने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान महोत्तरी र मधेश प्रदेशको सधै आफु साथमै रहने प्रतिबद्धता जनाए ।

क्षेत्रीले आफ्नो तिनबर्षको कार्यकाल चलिरहदा समेत प्रतिष्ठनका पदाधिकारी र सदस्यहरु कुनैपनि किसिमका गुनासोगर्न र सहयोग माग्न न आएकाले प्रतिष्ठानलाई फुलाउन,फलाउन बर्दिवास नगरपालिका तथा आफ्नो ब्यक्तिगत सहयोगको ढोका सदैब खुल्ला रहने उल्लेख गरे । उनले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान महोत्तरीले गरेको स्थानिय कला र संस्कृती जगेर्नाको प्रसंसा गर्दै बर्दिवास नगरपालिकाले यहाँ रहेका सम्पुर्ण कला,संस्कृती र धर्मको जगेर्नागर्न बिभिन्न कार्यक्रमहरु सञ्चालन गर्दैआएको जनाए । क्षेत्रीले बर्दिवासको मात्रै नभएर मधेश प्रदेशकै कला र संस्कृती जोगाउने यो प्रतिष्ठानले हाल सम्म समेत कुनैपनी कार्यक्रमको प्रस्ताबना बर्दिवास नगरपालिभित्र नल्याउनु हामी सबैको दुखलाग्दो बिषय हो भने ।

 

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...