निकिता खनाल
बर्दिवास
बर्दिवास नगरपालिकाका नगर प्रमुख प्रह्लाद कुमार क्षेत्रीले नगर अधिबेशन भनेकै छुटपुट रहेको योजनालाई कार्यबिधिको रुपमा समेटदै लगिने माध्यम भएको बताएका छन । महोत्तरीको बर्दिवासमा शुक्रवार बर्दिवास नगरपालिकाले राखेको १५औ हिउँदे नगरसभालाई सम्बोधनगर्ने क्रममा उनले यस्तो बताएका हुँन। उनले नगरपालिका भित्रका सम्पुर्ण योजनाहरुलाई निकास दिने मुख्य सभा भनकै नगरसभा भएकाले संशोधन गर्नुपर्ने योजनालाई कार्यपालिकाको बैठकबाट पारित गरेर नगरसभामा ल्याईएको जनाए । प्रमुख क्षेत्रीले नगरपालिकाको कार्यपालिकामा पेश गरिएको बजेट मध्ये अति महत्वका बजेटलाई अहिले प्राथमिकतामा राखेर काम गर्नुपर्ने आजको आवश्यता भएको उल्लेख गरे ।
नगरप्रमुख क्षेत्रीले भने,बिगतमा ल्याईएका कुन,कुन बजेटमा किन काम अघि बढन सकेन त्यसमा समिक्षा गर्दै अघि बढन आवश्यक छ । वडाबाट नगरपालिमा माग गरीएको बजेटमा कतैबाट पनि हामिले हस्तक्षेप गरेका छैनौ,वडाको अधिकारलाई वडामै सुनिश्चित गरेका छौ । हामिले बर्दिवासलाई कस्तो बनाउने त्यसै अनुसार छलफल चलाएर बजेट बिनियोजन गर्नुपर्छ । उनले वडाबाट आएका बजेट र नगरको योजनामा भएको बजेटलाई अधिकतम उपयोग गरेर कार्य सञ्चालन गरिरहेको उल्लेख गरे । त्यसैगरी नगरसभालाई सम्बोधन गर्दै नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकुत राममणी अधिकारीले नगरसभा भनेकै स्थानिय सरकारको संसद भएको बताए । उनले स्थानिय सरकारको निती ,कार्यक्रम,कानुन लगायतका सम्पुर्ण बिषयबस्तुहरु पारित गर्ने स्थल नगरसभा रहेको जनाए ।
उनले जनताको आवश्यकताई पुरागर्न जनप्रतिनिधिले ल्याएको बिकासका सम्पुर्ण योजनालाई पुरागर्न नसकिएपनि आवश्यकता र बजेटले भ्याएसम्म श्रोत र साधनलाई परिचालनगर्दै मुख्य आवश्यकताको आधारमा परिपुर्ति गर्दै लगिने जनाए । प्रमुख प्रशाशकीय अधिकुत अधिकारीले अहिले नागरिकको आवश्यकता धरै रहेकाले भएकै थोरै बजेटलाई अधिकतम उपयोग गरेर नगरवासीले गरेको अपेक्षामा ईटा थप्ने काम मात्रै गर्न सकिने प्रस्ट पारे ।
अधिकारीले भने, सबै आवश्यताहरु एकै पटक पुरा गर्न सम्भब छैन क्रमिक रुपमा एकपछी अर्काे गर्दै मुख्य योजनालई प्राथमिता दिनुपर्ने छ । प्रथमिकतामा परेका योनाहरुलाई हामी परित गर्छौ, रकमान्तर गर्छाै त्यसलाई आवश्यकताको आधारमा पुनह संशोधन गर्छौ पुनह बिकासका योजना पारित गर्छाै र यो सिलसिला यसरीनै चलिरहन्छ । बिकासका कामहरुपनि यसरीनै सञ्चालन भईरहन्छन् । उनले नगरभित्रको एकपैसा बजेट समेत खेर नफाल्ने उदेश्यले हिउँदे नगरसभा गरिएको प्रस्ट पारे ।
यसैक्रममा बर्दिवास नगरपालिकाको १५ औँ नगरसभा तथा हिउँदे अधिवेशनबाट तिनवटा कार्यविधि पारित भएका छन् । नगरसभामा नगर प्रमुख प्रह्लद कुमार क्षेत्रीले पेस गरेको तिनवटा कार्यविधि सभामा छलफलपछि पारित गरिएको नगर कार्यपालिकाका सदस्य बिन्देश्वर साहले बताए ।
उनका अनुसार बर्दिवास नगरपालिका भित्र ब्युटि पार्लर तथा मसाज सेन्टरको करमा ३ हजार, राष्ट्रिय सहकारी बैकको करमा ५ हजार तथा घुम्ति पसललाई १ हजार बार्षिक रुपमा कर लगाउने गरी योजना पारीत गरीएको बर्दिवास नगरपालिकाका प्रबक्ता एबं वडा नम्बर १४का अध्यक्ष बिजय कुमार महतोले जानकारी दिए ।





































