ज्येष्ठ नागरिकलाई सम्मान

आज्ञा खबर
सर्लाही
सर्लाहीको ईश्वरपुर नगरपालिका–८, रामपुरकाम ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ ।

वडा कार्यालयले सो वडाभित्र बसोवासगर्ने ७० वर्ष उमेर पुुगेका जेष्ठ नागरिकलाई बुधवार सम्मान गरेको हो । रामपुरस्थित वडा कार्यालय परिसरमा भेला पारेर प्रत्येक ज्येष्ठ नागरिकलाई दोसल्ला ओढाएर च्यामनप्रास तथा बिस्कुट वितरण गरी सम्मान गरिएको वडाध्यक्ष श्यामबहादुर थापाले जानकारी दिए । सम्मान कार्यक्रममा वडाध्यक्ष थापा, नगरप्रमुख मनोजकुमार आचार्य, उपप्रमुख रन्जिता देवी चौधरी, वडा सदस्य, विभिन्न दलका पार्टीका प्रतिनिधि लगायतको उपस्थििती रहेको थियो ।

ज्येष्ठ नागरिकप्रति सम्मान र सेवाभाव जागृत गर्ने उद्देश्यले सम्मान गरिएको वडाध्यक्ष थापाले बताए । वडाध्यक्ष थापाका अनुसार वडाको चालू आर्थिक वर्ष २०८१÷८२ को बजेटको रकमबाट सम्मान गरिएको हो ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...