कमला–ढल्केबर–बाग्मती सडक बिस्तारको काम पुस १७ गतेदेखी शुरु हुँदै

निकिता खनाल
बर्दिवास
बर्दिवास नगरपालिकाका नगर प्रमुख प्रह्लाद कुमार क्षेत्रीले पूर्व–पश्चिम महेन्द्र राजमार्गको कमला–ढल्केबर–बाग्मती सडक बिस्तारको क्रमममा आएका समस्यालाई न्युनिकरणगर्दै समाधानको दिशामा काम गरिने बताएका छन ।
महोत्तरीको बर्दिवासमा मंगलवार बसेको पूर्व–पश्चिम महेन्द्र राजमार्ग कमला–ढल्केबर–बाग्मती सडक बिस्तार गुनासो सुनवाई ब्यवस्थापन समितीको प्रथम बैठकलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुँन।

उनले सडक बिस्तारको क्रममा नागरिकको समस्या छिटो भन्दा छिटो समाधान गर्नुपर्ने समितीले योजना बनाएर कामगर्नुपर्नेमा जोड दिए ।
प्रमुख क्षेत्रीले अहिलेको मुख्य समस्या भनेकै राजमार्ग सडक किनारको बनको रुख काटने भएकाले त्यसतर्फ समिती भित्रका सबै सदस्य लाग्नुपर्ने बताए । यो परियोजनलाई तिब्र गतिमा अघि बढाउन राजमार्गभित्र पर्ने पालिकाका प्रमुख जिल्ला अधिकारी र सरोकारवालहरु संग छलफल गरेर सहकार्यको काम अघि बढाउनुपर्ने उनको भनाई छ। उनले भने, यसरी काम गरेमा यो परियोजनाको काम,समय अबधि भन्दा चाँडै सम्पन्न हुन्छ । हाम्रो अपेक्षा समेत चाडै निर्माण सम्पन्न होस भन्ने हो ।
राजमार्ग भित्र पर्ने सबै पालिकाका नागरिक पनि यही चाहन्छन । राजमार्गको सडक चाँडै सम्पन्न होस नागरिकले चाँडै धुलोबाट मुक्ती पाओस उनले राजमार्गभित्रपर्ने पालिकाको मेयर बन कार्यालयका प्रमुख र अन्य सरोकारवालाहरुसंग छलफल गरेर निर्माणको कामलाई बिवाद रहित बानाउनुपर्ने कुरा उल्लेख गरे ।
बर्दिवास नगरपालिकाका नगर प्रमुख प्रह्लाद कुमार क्षेत्री संयोजक रहेको पूर्व–पश्चिम महेन्द्र राजमार्ग कमला–ढल्केबर–बाग्मती सडक बिस्तार गुनासो सुनवाई ब्यवस्थापन समितीमा कमलादेखी बाग्मती सम्म राजमार्ग क्षेत्रका नगर प्रमुख लगायत २० जना सदस्य रहेका छन ।
सडक निर्माणको क्रममा कुनैपनि समस्या आएमा कुनैपनि नागरिकले समेत कन्ट्रयाक, कन्ट्रयाक्टर र परियोजनाको कार्यालयमा उजुरी दर्तागर्न सक्ने छन।
गुनासो सुनवाईलाई थप प्रभाबकारी बनाउन सडकको तिनै तहमा गुनासो सुनवाई उपसमिती समेत गठन गरिने भएको छ । उपसमितीले निर्माणका क्रममा आएका समस्यालाई समधानकालगी प्रयासगर्ने छ । उपसमितीले आएका गुनासो तथा समस्या समाधान गर्न नसके मुल समितीमा लैजाने छ ।

पूर्व–पश्चिम राजमार्गको कमला–ढल्केबर–बाग्मती सडक बिस्ताको काम यहि पुस १७ गते (जनबरी १ तारेख) बाट शुरु हुने भएको छ ।
सडक चार लेनमा विस्तारकालागी यो वर्ष तिनै खन्डबाट काम अघि बढाईने भएको हो ।

विश्व बैङ्क र नेपाल सरकारको संयुक्त लगानीमा ‘स्टाटेजिक रोड कनेक्टिभिटि एण्ड ट्रेड इम्प्रुभमेन्ट प्रोजेक्ट’अन्तरर्गत सडक विस्तार अघि बढाउन लागिएका पूर्व–पश्चिम राजमार्ग कमला–ढल्केबर–बाग्मती सडक आयोजनाका प्रमुख छबी पौडेलले बताए । सो सडक चार लेनमा विस्तार गर्न लागिएको भए पनि सहरी क्षेत्रमा दायाँबायाँ दुवैतर्फ ‘सर्भिस लेन’ निर्माणगरी थप एकएक लेनमा निर्माण गरिने छ ।
त्यसका साथै सडकको विभिन्न स्थानमा सवारीसाधनका लागि ‘अण्डर पास’ तथा ‘ओभर पास’ निर्माण गरिने भएको हो ।
सडकमा जनावरका लागि पार गर्न समेत संरचना बनाइने बताईएको छ ।
सडक निर्माणकालागी वातावरणीय अध्ययन तथा सर्वेक्षणको काम सम्पन्न भएर पुलहरुपनि डिजाइन भइसकेका छन ।

कमलादेखी बागमती सम्मको सडकको लम्बाई ७४.७५ किमी रहेको छ । सडकमा कमला नदीदेखी बग्मतीसम्म सबै पुल २ लेनको निर्माण हुने भएको छ । बागमती, र कमला खोलामा गरी दुई स्थानमा ‘सिग्नेचर पुल’ निर्माण गरिने भएको छ । डिजाइनमा नै सवारीसाधन एक सय किमी प्रतिघण्टाका दरले गुड्ने गरी र कतिपय स्थानमा ७५ किमी गुड्नसक्ने गरी सडक संरचना तयार गरिने छ । सडक विस्तारका लागि जग्गा अधिग्रहण गर्न नपर्ने भएपनि कतिपय स्थानमा भइरहेका संरचना हटाउनुपर्ने हुनसक्ने पौडेलको भनाई छ । उनले भने, “केही पसल र घरका थोरै संरचना हटाउनुपर्ने हुनसक्छ । सन् २०२७ सम्ममा स्तरोन्नती गरीसक्ने लक्षय लिएको यो सडकको मर्मतकालागी ५ बर्ष थप गरिएको छ भने लागत अनुमान रु १८ अर्ब ६० करोड रहेको छ ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...