निकेश खनाल
बर्दिवास
महोत्तरीको बर्दिवासमा न्यायका लागि नागरिक संजालको चौमासिक बैठक सोमवार सम्पन्न भएको छ।
इन्टरनेशनल अलर्टको आर्थिक सहयोगमा समग्र जन उत्थान केन्द्र ,लहान–६ सिरहा द्वारा संचालित न्यायमा पहुँच सवलिकरण परियोजना अन्तरर्गत महिला र सिमान्तकृत समुहलाई लैंगिक न्यायको सुदृढीकरण परियोजनामा न्यायकालागी नागरिक सञ्जालको बैठक बसेको हो ।
बैठकमा बिगतमा भएका द्वन्द्व पिडित सम्वन्धी कामको समिक्षा, द्वन्द्व पिडितको बिषयमा पैरवी, द्वन्द्व पिडितको नितिगत ,कार्यगत आधार, श्रोतको खोजी ,स्थानिय तहमा सरोकारवालाहरुसंगको संवाद,को बिषयमा बिगतको कामको समिक्षा तथा कार्यनिती को बिषयमा छलफल भएको हो । यसैगरी बैठकले बिगत तिन महिनाभित्र सञ्जालले गरेको गतिबिधि र प्रगती सम्बन्धि समिक्षा, संयुक्त कार्ययोजना, तथा आगामी कार्ययोजना लगायतका बिषयमा छलफल भएको न्यायका लागि नागरिक संजाल समितिका अध्यक्ष दिपा लामाले जानकारी दिईन ।
बर्दिवास नगर स्तरीय संयुक्त कार्य योजना २०८०÷०८१ को बुंदागत आधारमा छलफल गरेरै बर्दिवास नगरपालिकाकै सहकार्यमा द्वन्द्व पिडितलाई दैनिक जिवनयापनमा सहयोग पुग्नेगरी कार्य गरिने समितिद्वारा बैठकमा निर्णय पारित भएको बताईएको छ ।
कार्यक्रममा सहजीकरण समग्र जन उत्थान केन्द्र लहाका कोषाध्यक्ष मदन कुमार मंडल सोही संस्थाकी बर्दिवास प्रतिनिधि, आरती बुढाथोकी परियोजना व्यपस्थापक रामकृपाल साहले सहजिकरण गरेका थिए । बैठक न्यायका लागि नागरिक संजालकी अध्यक्ष दिपा लामाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
न्यायका लागि नागरिक संजालको चौमासिक बैठक सम्पन्न
© 2026: Aagya Khabar | All right reserved | Privacy Policy
Powered by: ProTech
