समयमै अधिबेशन हुनु पार्टीकालागी सबैभन्दा राम्रो औषधि हो कांग्रेसनेता आचार्य

बिनोद ढुंगेल
बर्दिवास
नेपाली कांग्रेसका केन्द्रिय सदस्य मधु आचार्यले राजनितीमा जनताको एजेन्डानै सर्बाेपरी रहेको बताएका छन । महोत्तरीको बर्दिवासमा आईतवार कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन । उनले पार्टीको घोषणापत्र देखी सरकारमा जाँदा समेत जनताका मागलाई केन्द्रमा राखेर काम गर्न सकेमात्रै निर्वाचनमा मतको प्रभाबकारीता देखिने जनाए।

उनले मधेशका समस्यालाई नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसदमा उठाएकाले समेत मधेश र मधेशीको समस्या समाधान गर्न कांग्रेस अग्रसर रहेको उनको भनाई छ । नेता आचार्यले भने, मधेशको समस्यालाई मधेशी संसदबाट कति कुरा संदनमा गयो कि गएन भन्ने बिषय भन्दापनी महामन्त्रीले बोलेको कुराले कति प्राथमिकता पायो भन्ने कुरा मुख्य बिषय हो । कांग्रेसको एजेन्डा जनतासंग जोडिनुनै जनमतहो जनता कसैको बाधेर राखेको बधुवा होईनन त्यसैले जनताको आवश्यतालाई सम्बोधन गर्न सक्ने र आफ्नो नेता आफैले छान्ने लोकतान्त्रिक प्रणाली निर्वाचन भएकोले निर्वाचनमा पार्टीले बनाएको उमेदवारले जनताको समस्यामा कती सहकार्य गर्न सक्छ त्यसमै मतदाताको मत समेत निर्भर रहन्छ ।

उनले समय र आबश्यकता अनुसार कांग्रेसको बिधान संशोधन गर्दै लैजानुपर्नेमा जोड दिए । नेता आचार्यले पार्टीले निर्वाचनको समयमा योग्य उमेदवालाई टिकट नदिदा कतिपय स्थानहरुमा पराजय ब्यहोर्नु परेको गुनासो आईरहेकाले अबका निर्वाचनहरुमा बिधि र बिधान संगत किसिमले पार्टीभित्र छलफल गरेर योग्य र जनमत भएकाहरुलाईमात्रै टिकट बितरण गरीनुपर्ने आवश्यकता औल्याए ।

कांग्रेसको भात्रृ तथा सुबेछुक संस्थामा युवाको आर्कषण घटिरहेको छ भन्ने कुराको हल्लामा सत्यता नरहेको भन्दै कांग्रेसले युवालाई थप आकर्षित गर्न चाँडैनै नया योजना ल्याउने उल्ल्ोख गरे । उनले पार्टी अधिबेशनकालागी चार बर्ष समय तोकिएकाले सामान्य परिस्थिती भए एकबर्ष बढाउन सक्नेगरी कार्यकाल राखिएको बताए ।
अधिबेसनलागी क्रियाशील सदस्यता सबै जिल्लामा पठाईसकेकाले तोकिएकै समयभित्र अधिबेशन हुँने कुरामा आफु बिश्वस्त रहेको जनाए ।
कांग्रेस नेता आचार्यले समयमै अधिबेशन हुनु भनेकै कांग्रेसकोलागि सबैभन्दा राम्रो औषधि भएको प्रस्ट पारे । उनले नेपाल कृषि प्रधान देश भएकाले कांग्रेस पार्टीका बिभिन्न समितीहरुमा किसानको आरक्षण कोटा राख्नुपर्नेमा जोड दिए । आचार्यले कांग्रेस भित्र पुस्ता बर्गिकरणको द्वन्दको अन्त्य हुनुपर्ने भन्दै सबै पुस्ताको साझा फुलवारी कांग्रेसपार्टी रहेको बिचार समेत ब्यक्त गरे ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...