कुमारी बैंकको बर्दिवासमा उद्यमशिलता प्रशिक्षण कार्यक्रम सम्पन्न

[sharethis-inline-buttons]

निकेश खनाल
बर्दिवास
कुमारी बैंक लिमिटेड मधेश प्रदेशले महोत्तरीको बर्दिवासमा शनिवार वित्तीय उद्यमशिलता प्रशिक्षण कार्यक्रम गरेको छ । बैंकले मधेस प्रदेश भित्रका लघु साना तथा मझौला उद्यमी र आम नागरिकहरुलाई बितिय रुपमै दिक्षित बनाउने उदेश्यले सो कार्यक्रम गरेको कुमारी बैक लिमिटेड बर्दिवास शाखाले जनाएको छ ।
बैकले युसएआइडीसँगको सहकार्यमा मधेश प्रदेश भित्रका सबै किसिमका ब्यवसायी तथा नगरिकलाई वित्तीय रुपमै दिक्षित गररेर प्रवद्र्धन गरी प्रदेश भित्रका विभिन्न स्थानमा रहेका व्यावसायिक एवं उद्यमशील सोचलाई औपचारिक वित्तीय संयन्त्रमा आकर्षित गर्न कार्यक्रम गरेको बताइएको छ । यसअन्तरर्गत मधेश प्रदेशका सबै स्थानमा प्रशिक्षणको कार्यक्रम गरिने छ ।

वित्तीय ज्ञान, सीप तथा व्यवहार विकासबाट मात्रै व्यावहारिक रूपमा वित्तीय साक्षरता प्रबद्र्धन हुने बैंकको मधेश प्रदेशले विश्वास लिएको छ । साथै,ब्यवसायीले सहजै बुझ्न सक्ने गरी वित्तीय साक्षरता पुस्तिका, कुमारीजी एप, सन्देशमूलक भिडियोलगायत प्रकाशन तथा प्रसारणसमेत गरेको बैंकले जनाएको छ ।

साक्षरता कार्यक्रममा कुमारी बैक लिमिटेडका  ट्रान्जेशन बैकिङ्ग प्रमुख श्री अर्पण पौडेलले कार्यक्रमलाई प्रशिक्षण  दिएका थिए । भने बैकका मधेश प्रदेश सञ्चालन प्रमुख रन्जित कुमार यादबले कार्यक्रमलाई सहजीकरण गरेका थिए। प्रशिक्षण कार्यक्रममा कुमारी बैक लिमिटेड मधेश प्रदेशका प्रमुख सुरेश यादब लगायत बैकका बिभिन्न ताहका कर्मचारीको उपस्थिती रहेको थियो ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...