बिनोद ढुंगेल
बर्दिवास
महोत्तरीकोे औरही बजारस्थित विद्युत् सट भई आगलागी हुँदा १० लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ ।
औरही नगरपालिका–१ स्थित औरही बजारमा फूलोदेवी मण्डल र खुर्शिद लहेरीको शृङ्गार सामग्री पसलमा बुधबार राति विद्युत् सट भई आगलागी भएको जिल्ला प्रहरीकार्यालय महोत्तरीले जनाएको छ ।
मण्डलको काठको कठघरा र लहेरीको कच्ची इँटाको पसल भएको घरमा आगलागी भएको हो। गत मङ्सिरमा बर्दिबास–१४ स्थित इलेक्ट्रिक पसलमा आगलागी हुँदा एक करोडभन्दा बढीको धनमाल क्षति भएको थियो ।
