बर्दिवासमा भएको मोटरसाइकल दुर्घटनामा एकको मृत्यु,एक घाइते

[sharethis-inline-buttons]

निकिता खनाल
बर्दिवास
महोत्तरीको बर्दिवासमा बुधवार राती मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
उतर दशिचन बि.पि राजमार्ग अन्तरगत बर्दिवास नगरपालिका–३ स्थित कारेभोगटेमा भएको सो दुर्घटनामा मोटरसाइकल चालक गम्भिर घाइते भएका हुँन् ।

दुर्घटनामा परी मोटरसाइकलमा पछाडी सवर बर्दिवास नगरपालिका–३ कालापानीका २५ वर्षिय अमर माझीको मृत्यु भएको हो । यस्तै, मोटरसाइकल चालक साही ठेगाना घर भएका ३० वर्षिय पेशल बुढाथोकी घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

बर्दिवास बजारबाट कालापानीतर्फ जाँदै गरेको बा—०२५ प ९०१४ नम्बरको मोटरसाइकल अत्यधिक गतिका कारण अनियन्त्रित भई डिभाईडरमा ठोक्किएर दुर्घटना भएको थियो । त्यसपछि घाइते भएका दुवै जनालाई उपचारकालागी बर्दिवास स्थित सरकारी अस्पतालमा लगिएको हो।

अस्पतालमा उपचारको क्रममा माझीलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रबक्ता एबं प्रहरी नायब उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले जानकारी दिए ।
दुर्घटनामा घाईते मोटरसाईकल चालक बुढाथोकीको बर्दिवास ३ स्थिात बर्दिवास जनसेवा अस्पतालमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक रेबतिरमण पोखरेलले बताए ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...