बर्दिवास भित्र ब्यवसाय सञ्चालन गर्नेलाई नगरपालिकाको बिशेश छुट अफर

निकेश खनाल
बर्दिवास
महोत्तरीको बर्दिवास नगरपालिकाले नगरक्षेत्र भित्र ब्यवसाय सञ्चालन गरीरहेका व्यवसायीलाई नबिकरण तथा जरीवानामा बिशेश छुट अफर सहित सहुलियतको ब्यवस्था गरेको छ । बिगत केहिबर्ष अघि बिश्वब्यापी रुपमै फैलिएको कोरोना महामारीपछी थलिएको ब्यवसायले अहिलेसम्म गतिलिन नसकेर ब्यवसायमा आएको संकुचनलाई बिशेष ध्यान दिदै नगरपालिकाका मेयर प्रह्दकुमार क्षेत्री र प्रमुख प्रसाशकिय अधिकृत राममणी अधिकारीको योजनामा नगरक्षेत्र भित्रको ब्यपार ब्यवसायलाई संरक्षण तथा प्रबद्धन गर्ने उदेश्यले ब्यवसाय नविकरणको जरीवानामा शत प्रतिशत छुट दिएको नगरपालिका प्रमुख प्रशाशकिय अधिकृत राममणी अधिकारीले जानकारी दिए । प्रमुख प्रशाशकिय अधिकृत अधिकारीले भने, स्थानिय सरकार स्थानिय नागरिक संग प्रतक्षय रुपमा सरोकार राख्दै सेवा प्रवाह गर्ने सरकार हो।

त्यसैकारण स्थानिय सरकार नागरिकको सबै भन्दा नजिकको सरकार पनि हो । नागरीक र स्थानिय समस्याको समाधान गर्न प्रयासरत रहनु हाम्रो दायित्व हो त्यसै कारण अहिलेको ब्यवसाय तरलतालाई स्थानिय सरकारले बिशेश ध्यान दिदै आर्थिक बर्ष २०८०÷८१ सम्म ब्यवसाय नविकरण नगरेका ब्यवसायीलाई नगरपालिकाले पुस मसान्त सम्म नबिकरण गरेमा ५० प्रतिशत छुट र हाल सम्मकै जरीवानामा शत प्रतिशत छुट नगरपालिकाले दिने निर्णय गरेको छ । यसले नगरपालिका भित्रका ब्यवसायीको आर्थिक समस्यामा थोरै भए पनि मलम लाग्ने हाम्रो बुझाई छ ।

यसैगरी नगरपालिका भित्रका व्यवसायीले विना दर्ता व्यापार व्यवसाय सञ्चालन गरिरहेको भए पनी नगरपालिकाले पुस मसान्त भित्र व्यवसाय दर्ता गरेर मात्र सञ्चालन गर्न अब्हान गरेको छ ।

व्यवसाय दर्ता नगरी सञ्चालन गरिरहेका व्यवसायीलाई आन्तरिक राजस्व कार्यालयमा दर्ता गरेपछी नगरपालिकामा ब्यपार दर्तागरी सञ्चालन गर्न नगरपालिकाले अनुरोध गरेको बताईएको छ ।
यसका साथै नगरपालिकाले होटल, पसल लगायतका व्यवसाय दर्ता नगरेका व्यवसायीलाई तोकिएको समय सिमा भित्रै दर्ता गर्नकालागि सुझाव दिएको छ ।
बर्दिवास नगरपालिकाले दिएको सुझाबको समय सिमा भित्र पालना नगरी बेवास्ता गरेको पाईएमा आवश्यक कारबाही समेत गर्न सक्ने नगरपालिकाले चेतावनी दिएको छ।

 

 

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...