निकेश खनाल
बर्दिवास
महोत्तरीको बर्दिबासमा मंगलवार रक्तदान कार्यक्रम गरिएको छ । ७६ औं अन्तराष्ट्रिय मानव अधिकार दिवसका अवसरमा नेपाल मानव अधिकार सङ्गठन महोत्तरी जिल्ला समितीले रक्रदानको आयोजना गरेको हो । कार्यक्रमको उद्घाटन बर्दिवास नगरपालिकाकी उप मेयर तारादेबी महतोले गरेको नगरपालिकाले जनाएको छ । रक्तदानमा २५ जनाले रगतदान गरेका छन् । बर्दिबास नगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी बर्दिबास उपशाखाको प्राविधिक सहयोगमा कार्यक्रम गरिएको हो ।
रक्तदानमा नेपाल मानव अधिकार सङ्गठनका जिल्ला अध्यक्ष कमला वाइवा सामाजिक संघसस्थाका प्रतिनिधि र नेपाल प्रहरीका सुरक्षाकर्मी लगायतले रक्तदान गरेका छन् । रक्तदातालाई आयोजक र सहकार्यगर्ने संस्थाको सहकार्यमा प्रशंसापत्र प्रदान गरी सम्मान गरेका छन् ।





































