निकेश खनाल
बर्दिवास
बर्दिवास नगरपालिकाका मेयर प्रह्लाद कुमार क्षेत्रीे आईतवार बिहानैदेखी नागरिकको समस्या समाधानकालागी बर्दिवास नगरपालिकाको वडानम्बर १० र ११ मा पुगे महोत्तरी जिल्लाकै अतिदुर्गम क्षेत्रको रूपमा चिनिएको बर्दिवास नगरपालिकाको १० र ११ नम्बर वडामा पुगेर उनले बर्थिङ्ग सेन्टर,खयरमारा खानेपानी आयोजना,खयरमाराको श्री सरस्वती मा.बि,यज्ञ कुमारी राउतको घरको आगलागि,छोड्के स्थित श्री राष्ट्रिय मा बि,खयरमारा,छोड्के मरीन सडकको निर्माण र स्तरोन्नतीको अबलोकन भ्रमण गरेका छन ।
अबलोकनका क्रममा मेयर क्षेत्रीले आफ्नो कार्यकालभर जनताले नगरपालिकामा भ्रष्टाचारीको सिकार हुनुपरेको अवस्था आउन नदिने प्रतिबद्धता जनाए । उनले नेताको व्यक्तित्व र तिनले गर्ने काम र देखाउने व्यवहारलाई आधार बनाएरै जनताले आफुलाई निर्वाचित गरेको बताए । मेयर क्षेत्रीले अहिले बर्दिवासको बिकासकालागी संघिय सरकारले दिनेगरेको बजेट प्रयाप्त नभएकोले सबै बिकासको कामलाई एकैसाथ अघि बडाउन नसकिएको जनाए उनले भने, नगरको सिमित श्रोत र साधनलाई सकेसम्म बढी परिचालन गरेर कामगर्नु पर्ने बाध्यता छ । त्यसै भित्र रहेर अति बिकट र दुर्गम क्षेत्रलाई सकेसम्म बढी प्राथमिकता दिएका छौ ।

खयरमारा बर्थिङ्ग सेन्टर
महोत्तरीको बर्दिवास नगरपालिका १० स्थित खयरमारा बर्थिङ्ग सेन्टरमा सेवाग्राहीहरूलाई मार्का नपर्नेगरी कामकाज गर्न मेयर क्षेत्रीले निर्देशन दिएका छन। जिल्लाको अति दुर्गम स्थान छोड्के झ्याउरे भाङ्गरेका नागरिकलाई समेत सेवा प्रवाह गर्ने यो बर्थिङ्ग सेन्टरमा
आवश्यक उपकरण र स्वास्थ्य कर्मीको अभाब हुन नदिई २४ सै घण्टा सेवा प्रवाह गर्नेगरी कामगरिएको क्षेत्रीले बताए। उनले स्वास्थ्य जस्तो अति संवेदनशील संस्थामा औषधीको अभाव र उपकरणहरू काम नलाग्ने अवस्थामा भए त्यसलाई तुरुन्त मर्मतगरी सेवा सुचारु राख्न निर्देशन दिए ।
क्षेत्रीले सुत्केरी गराउन आउने महिलाहरू नीजि क्लिनिकममा धाउनु पर्ने बाध्यताको अन्त्य गर्नेगरी कामगर्न समेत स्वास्थ्यकर्मीलाई निर्देशन दिए । मेयर क्षेत्रीको प्रयासमा सुत्केरी गराउन आउने महिलाहरूको स्वास्थ्यलाई बिशेष प्रथमिकता राख्दै श्रावण महिनाको तेस्रो साता बर्दिवास नगरपालिकाले खयरमारा बर्थिङ्ग सेन्टरलाई एक थान एम्बुलेन्स प्रदान गरेको थियो ।
यज्ञ कुमारी राउतकोे घरमा आगलागी
बर्दिवास नगरपालिका १० खयरमारा स्थित यज्ञ कुमारी राउतको काठको दुईतल्ले घरमा शुक्रवार साझ आगलागी हुँदा चालिस लाख बराबरको क्षती भएको छ । क्षतिग्रस्त सो घरको आईतवार बर्दिवास नगरपालिकाका मेयर प्रह्लाद कुमार क्षेत्रीले अनुगमन गरेका छन। अनुगमनको क्रममा उनले नगरबासीको पिडामा मलम लगाउनु नगर प्रमुखको दायित्व भएकोले नगरपालिकाले सकेको सहयोग गर्ने प्रतिबद्धता जनाएका छन ।

अचानक बिधुत सर्ट भई आगलागी भएको सो घर पुर्णरुपमा क्षतिग्रस्त भएको हो ।
आगलागीबाट सुन,चाँदी लत्ताकपडा पलङ्ग,दराज फ्रिज, रुपैया पैसा खाद्य सामग्री लगायत घर भित्रको सम्पुर्ण सामान पुर्ण रुपमा जलेर नष्ट भएको स्थानियबासीको भनाई छ। आगो स्थानियबसीको सहयोगमा निभाईएको बताईएको छ।
खयरमारा खानेपानी उपभोक्ता संस्था
महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर १० र ११ स्थित खयरमारा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको शुक्रवार बर्दिवास नगरपालिकाका मेयर प्रह्लाद कुमार क्षेत्रीले अबलोकन गरेका छन । अबलोकनको क्रममा उनले खयरमारा बासीको खानेपानीको समस्या यथासिघ्र समाधान गरीने जनाए । खानेपानीको अत्याधिक समस्या रहेको यो स्थानमा पुरानो र जिर्ण पाईपलानबाट उपभोक्तले पानी पिईरहेका छन ।

जस्का कारण समस्या दिन प्रतिदिन बिकराल बन्दै गएको हो। खानेपानीलाई सहज र सुलभ रुपमा बितरण गर्न ४ लाख लिटरको ट्यांकी निर्माण भएपनी पाईपलाईन जिर्ण भईसकेकाले समस्याको समाधान हुन नसकेको संस्थाका अध्यक्ष पारस थापाले जानकारी दिए । उनले भने खानेपानीको ट्यांकी निर्माण भयो अब फिल्टर र पाईपलाईनको काम बिस्तार गर्नुपर्ने छ यति हुन सके खयरमाराका आठ सय घरधुरीको घर,घरमै १२ घन्टा पानी बितरण गर्न सकिन्छ। कुल ७ सय ७७ उपभोक्ता रहेको खयरमारा खानेपानी उपभोक्ता संस्थाबाट ६ हजार जनसंख्या लाभान्बित छन।
खयरमारा र छोड्केको बिद्यालय अनुगमन
नगरपालिका क्षेत्र भित्रका सामुदायिक शिक्षाको स्तरोन्नतीका लागि विद्यालयको शैक्षिक गुणस्तर सुधारगर्न सबै जुट्नुपर्नेमा बर्दिवास नगरपालिकाका मेयर प्रह्लाद कुमार क्षेत्रीले जोड दिएका छन्। बिद्यालय अनुगमनका क्रममा बर्दिवास नगरपालिका १० ,११ खयरमारा र छोडके पुगेका उनले यस्तो बताएका हुन।
अहिले सामुदायिक विद्यालयहरुले दिएको शिक्षा सन्तोषजनक नभएपनी सुधारमुखी बन्दै गएको उनले बताए । नगर सरकारले अनिवार्य शिक्षाको अवधारणा अघि बढाएको भन्दै सामुदायिक विद्यालयको स्तरोन्नतीका लागि आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने बताए। उनले सामुदायिक विद्यालयले अहिले भएका विद्यार्थीलाई नै योग्य र समाजमा प्रतिष्ठित बनाउनु ठूलो जिम्मेवारी भएको बताए। मेयर क्षेत्रीले नीतिगत रुपमा के के सुुधार गर्नुपर्ने हो त्यसका लागि नगर तयार रहेको पनि स्पष्ट पारे।

निजी क्षेत्रले खोलेका शैक्षिक संस्थालाई अंकुश लगाउनेभन्दा पनि सामुदायिक विद्यालयको गुणस्तर सुधारमा जोड दिनुपर्ने उनको भनाई छ। सामुदायिक विद्यालयले दिने गुणस्तरीय शिक्षाले निजी संस्थामा अध्यनरत विद्यार्थी पनि सामुदायिक विद्यालयतिर आकर्षित हुने वातावरण सिर्जना गर्न उनले बिद्यालयका प्रधानाध्यापकलाई निर्देशन दिए । मेयर क्षेत्रीले शिक्षकले कक्षाकोठामा शिक्षण सामग्रीसहित अध्यापन गराउने वातावरण बन्नेबित्तिकै सिकाई प्रभावकारी हुने दाबी गरे। अनुगमनकै क्रममा खयरमारा र छोड्केका समुदायिक बिद्यालयहरुले भबन घेराबेरा शौचालय शिक्षक मिलान लगायतको मागलाई मेयर क्षेत्रीले समाधान गर्ने आश्वासन दिए ।
खयरमारा,मरीन मदन भण्डारी राजमार्ग जोडने सडक
खयरमाराको सिटिई भिटीई चोकदेखी चनौटे दमार हुँदै सिन्धुलीको मरीन जोड्ने सडक निर्माणको कामले गति लिएको छ।खयरमारालाई मदन भण्डारी राष्ट्रिय राजमार्गसंग जोडने उदेश्यले सडक निर्माणको काम धमाधम भइरहेको हो। सडक सम्झौताको ९ किलोमिटर ६ सय मिटर मध्ये अहिले २५ प्रतिशत ट्रयाक खोल्ने काम भइसकेको सडक दुई लेनको बन्ने छ। अहिले औसत चार मिटर चौडाइ रहेको सो सडकखण्ड निर्माणको

लागि श्री जयबाबा गोरख बालकोट सिन्धुली र बानेश्वर जेभी काठमांडौ १० ले २१ करोड १७ लाख ६१ हजार ६ सय ४५ रुपियाँ ९६ पैसामा पुर्वाधार बिकास निर्देशनालय जनकपुरधामसंग सम्झौता गरेर काम गरीरहेको छ ।
२०८१ जेठ २ गते ठेक्का सम्झौता गरेको सो सडकको निर्माण २०८३ जेठ १ गते सम्पन्न गरी सक्नु पर्नेछ । सडक निर्माणको काम पुरा भई सञ्चालनमा आएपछी खयरमारा चनौटे,धार्के, सुकेडाँडा,रायदमार लगायतका स्थानमा उत्पादन भएका तरकारी,फलफुल जडिबुटी काठमांडा,ै सिन्धुली निर्यात गर्न सकिने खयरमाराका स्थानिय अर्जुन बस्नेतको भनाई छ । सो बाटो सञ्चालनमा आएपछी मधेश प्रदेशकै पर्यटकिय स्थलको मुख्य गन्तब्य बन्नसक्ने बर्दिवास नगरपालिकाका मेयर प्रह्लाकुमार क्षेत्रीको अपेक्षा रहेको छ ।





































