बर्दिवास ग्रेस खुल्ला क्रिकेट प्रतियोगिता २०८१ को पहिलो खेलमा सर्लाही टाईगर बिजयी

[sharethis-inline-buttons]

निकेश खनाल
बर्दिवास
महोत्तरीको बर्दिवासमा बर्दिवास सोसाईटी क्लबले आयोजना गरेको बर्दिवास ग्रेस खुल्ला क्रिकेट प्रतियोगिता २०८१ बिहिवारदेखी शुरु भएको छ । सो खेलको उद्घाटन बर्दिवास नगरपालिकाका मेयर प्रह्लादकुमार क्षेत्रीले एक बिशेश समारोह बिच गरेका हुँन।
बिहिवार सर्लाही टाईगर र महोत्तरीको सुन्दरपुर खेल समुह बिच भएको पहिलो प्रतिस्प्रधात्मक र रोमान्चक खेलमा सर्लाही टाईगर बिजयी भएको छ । ट्रस जितेर फिल्डिङ्ग रोजेको सर्लाहीले ८ ओभरमा ४ विकेट गुमाएर लक्ष्यलाई पुरा गरेको हो ।
महोत्तरीको सुन्दरपुर क्रिकेट समुह संग भएको सो खेलमा ४८ रनको लक्ष्य राख्दै १२ ओभरमा ४७ रन ल्याएर सबै विकेट गुमाउदै सुन्दरपुर खेल समुह पराजित भएको बर्दिवास सोसाईटी क्लबका अध्यक्ष बिनय अधिकारीले जानकारी दिए । त्यसैगरी खेलको म्यनअफ द, म्याच सर्लाही टाईगरका नितेश यादब घोषित भएका छन । बर्दिवास नगरपालिका २ स्थित रंगशालामा शुरु भएको प्रतियोगिता आगामी पुस १२ गते सम्म सञ्चाल हुने आयोजक संस्थाले जनाएको छ । खेलमा २० वटा समुहले भाग लिएको बताईएको छ ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...