निकेश खनाल
बर्दिवास
महोत्तरीको बर्दिबास १४ औरहीरोड स्थित मुख्य बजारको बिजुली पसलमा आईतवार साझ आगलागी हुँदा एक करोड् बराबरको क्षती भएको छ । ईलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक रेबतीरमण पोखरेलका अनुसार स्थानिय राम सेबक महतोको तीन तले पक्कि घरको भुई तलामा धनुषा जनकपुर उपमहानगरपालिका १३ बस्ने बर्ष २९ को साहाजिस नदाफले भाडा लिई संचालन गरेको न्यु दुर्गा ईलेक्ट्रिक सप्लायर्स पसलमा अचानक बिधुत सर्ट भई आगलागी हुँदा १३ ओटा सटरमा क्षति पुगेको हो ।
सो आगलागीमा परेर छ ओटा सटर भित्रको सामान पुर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
आगो लागेपछी स्थानिय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको सहयोगमा आगो नियन्त्रणमा लिईएको थियो । आगो निभाउन बर्दिबास नगरपालिका नेपाली सेनाको मध्य पुर्बि पृतना बर्दिबास, नेपाल प्रहरी बिशेष सुरक्षा गण ढल्केबर, धनुषा र महोत्तरीको रामगोपालपुर नगरपालिकाको समेतगरी ४ वटा दमकलको सहयातामा आगो पुर्ण रुपमा निभाईएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।