रामगोपालपुर—२ को वडाध्यक्षमा एमालेका खाँ विजयी

[sharethis-inline-buttons]

निकिता खनाल
बर्दिवास
महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर २ को वडाध्यक्ष पदका लागि आईतवार भएको उपनिर्वाचनमा नेकपा एमालेका सकिवुल खाँ विजयी भएका छन् । खाँ ले ६ सय ३१ मत ल्याउँदै विजयी भएका हुन् ।

उनको निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी उम्मेदवार आइती कुमार यादवले ५ सय ३४ मत प्राप्त गरिन् । त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार मोहम्मद जनिफ खाँले २ सय ८४ मत पाएको मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले जानकारी दिए ।
रामगोपालपुर नगरपालिका वडा २ मोहनपुर स्थित नेपाल राष्ट्रीय जनता आधारभूत विद्यालयको हाताभित्र रहेको दुईवटा मतदान स्थलमा जम्मा १ हजार ५ सय १४ मत खसेको मुख्य निर्वाचन अधिकृत कोइरालाले बताए।
उनका अनुसार बुथ (क) मा ४२४ महिला र ३३१ पुरुष गरि ७५५ मत खसेको छ।
त्यसैगरी बुथ (ख) मा ३६० महिला र ३९९ पुरुष गरि ७५९ जम्मा १ हजार ५ सय १४ मत खसेको हो। कुल मतदाको ७०.७१ प्रतिशत मत खसेको मतदान केन्द्रमा
एउटै मतदान स्थल रहेको थियो ।
कुल २ हजार १ सय ४१ मतदाता रहेको रामगोपालपुर वडा नम्बर २ मा ९४० महिला र १ हजार २ सय १ पुरुष मतदाता रहेका छन् ।
साझ बसेको सर्वदलीय बैठकमा सहमति भएपछि साझ ६ः४५ बजेबाट मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।