पाटु सामुदायिक वन उपभोक्ता समितीको अध्यक्षमा खड्का चयन

[sharethis-inline-buttons]

बिनोद ढुंगेल
बर्दिवास
महोत्तरीको बर्दिवास ३ स्थित पाटु सामुदायिक वन उपभोक्ता समितीको अध्यक्षमा होमबहादुर खड्का चयन भएका छन्।
शुक्रवार पाटु सामुदायिक वन उपभोक्ता समितीको १३ औ साधारण सभाले खड्काको अध्यक्षतामा नौ सदस्य बन उपभोक्ता समिती गठन गरेको हो ।
जस्को उपाध्यक्षमा दुर्गा बराइली ,सचिवमा हिरालाल वर्मा, सहसचिवमा भावना बुढाथोकी चयन भएका छन्। यसैगरी कोषाध्यक्षमा टिका बिक, सदस्यहरूमा उद्धव श्रेष्ठ,जगत कुँवर,रविना कार्की लगायत चयन भएको बताईएको छ ।
पाटु सामुदायिक वनका अध्यक्ष गणेशबहादुर कार्कीको अध्यक्षतामा भएको साधारण सभामा बर्दिवास नगरपालिका वडा नम्बर ३ का अध्यक्ष विराट बिष्टको प्रमुख अतिथ्यता रहेको थियो। साधारण सभामा फेकु फन् महोत्तरीका अध्यक्ष कुमार घिमिर,ेसमाजसेवी सुदर्शन घिमिरे ,रामहरी ढुंगेल, अर्जुन खड्का, विनोद ढुंगेल लगायतको उपस्थिति रहेको थियो।
रुख रोपौं, वन जोगाऔं’ भन्ने नाराका साथ सम्पन्न भएको १३ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रमुख अथिती बिराट कुमार बिष्टले पाटु आफैमा ऐतिहासिक स्थल भएकाले यसको विकासमा वनको विशेष भूमिका हुने बताए । उनले सामुदायिक बन ब्यवस्थापन तथा सञ्चालनका सन्दर्भमा स्थानीय तथा बाह्य बिभिन्न निकायहरुसंग समन्वयमा आफुहरु लागेको जनाए ।
२ सय ५० वन उपभोक्ता रहेको पाटु सामुदायिक वनको क्षेत्रफल २ शय ५० हेक्टर रहेको छ ।