सबै क्षेत्र,राजनितिक दल,संघ संस्थाको सहकार्यले मात्रै नगरको बिकास र सम्बृद्धिले फडको मार्ने : मेयर क्षेत्री

[sharethis-inline-buttons]

निकिता खनाल
बर्दिवास
बर्दिवास नगरपालिकाका मेयर प्रह्लादकुमार क्षेत्रीले संघ र प्रदेश सरकारले बनाएको ऐन कानुनको परिधिभित्र रहेर कार्य सञ्चालनगर्नुपर्ने बताएका छन । महोत्तरीको बर्दिवास स्थित बर्दिवास उद्योग बाणिज्य संघले मंगलवार राखेको तेश्रो साधारणसभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुँन उनले अढाईबर्ष यता नगरपालिकाले नगरभित्रका सम्पुर्ण राजनितिक दल, संघ संस्था र बिज्ञहरुको सहकार्यमा कामगर्न चाहेर अघि बढेको भन्दै सबै क्षेत्र राजनितिक दल र संघ संस्था लगायतको सहकार्यले मात्रै नगरको बिकास र सम्बृद्धिले फडको मार्ने बिश्वास ब्यक्त गरे। उ

नले आफ्नो नेतृत्वमा नगरपालिकाबाट गरीएको कुनैपनि कामकाजमा कुनै प्रकारको क्षेत्र,जात,लिङ्ग,बर्ग,बिचार तथा संघ संस्थालाई बिभेद नगरेको जनाउँदै नगरपालिकाले सबैबर्ग समुदाय संघ संस्थालाई आवश्यकताको आधारमा समान किसिमले समता मुलक ब्यवहार गर्नेगरेको उल्लेख गरे । मेयर क्षेत्रीले हिजोको तुलनामा आज कृषी,स्वास्थ्य, शिक्षा, खानेपानी खेलकुद, भौतिक पुर्वाधार लगायतका बिकासमा नगरपालिकाले दिन दुईगुना रात चौगुना काम गरेको जनाउदै जन प्रतिनिधिको कामको मुल्याङ्गकन जनताले गरेको बताए। उनले भने,नगरको सिमित बजेट र,श्रोत साधनले नभ्याएको ठुला बिकासका योजनालाई नगरपालिकाले संघ ,प्रदेश सरकालाई काम सम्पन्नगर्न बजेट बिनियोजन गरिदिन पहल गरीरहेका छौ ।

राजनितीक दल र अन्य संघ संस्थाको सहकार्य हँुन नसकेर यहाँको बिकासमा अबरोध सिर्जना भएको छ । सबै पक्षको सहकार्य नभएकै कारण स्थानिय सरकारको बजेटले मत्रै सिमित बिकास भईरहेको छ ,हाम्रो योजना अनुसार कामगर्न कठिनाई भएको छ । संघ र प्रदेश सरकारबाट अनुदानमा आउने ठुला योजनाको काम गर्न पाईएको छैन अहिले नगरपालिकाको ठुलो आयोजनाको बजेट बर्दिवास नगरपालिकामा संघ र प्रदेश सरकारबाट कसरी ल्याउने भन्ने बिषयमा हामीले छलफल चलाएका छौ,यसमा स्थानिय सरकारलाई संघ अनी प्रदेश सरकारका प्रतिनिधिले पनि सहयोग गरिरहनु भएको छ ।

म उद्योग बाणिज्य संघको अध्यक्ष हूँदा समेत केही उल्लेखनिय काम भएका छन् । हिजो म उद्योग बाणिज्य संघको अध्यक्ष रहदा समेत मेरो कार्यकालभित्र तात्कालिन स्थानिय सरकारका प्रमुखले उद्योग बाणिज्य संघको ब्यवसायिक तथा समाजिक बिकासका योजनालाई छलफल गरेर कामगर्ने समय नदिदा समेत सृजनात्मक किसिमले बिभिन्न योजनामा ब्यवसायी र बर्दिवासवासीको जिबनमा प्रत्यक्षलाभ हुने काम हामीले गरेको ईतिहास साक्षी छ । तर अहिले उद्योग बाणिज्य संघले नगरपालिका संग कुनै पनी काममा सहकार्य गर्न नगरपालिकाले आब्हान गर्दापनि त्यसलाई बेवास्ता गर्दै मेरो गोरुको बारैटक्का भने जस्तो अदेश दिन खोजिरहेको छ । हमीले यो कामगर्न अथवा योकामकोलागी हामिलाई सहजता चाहियो भन्ने एकपक्षिय आदेश दिईरहेको मलाई लागेको छ ।

यसरी बर्दिवासको ब्यवसाय कसरी फस्टाउछ बर्दिवाको ब्यपार ब्यवसायले कसरी उन्नती प्रगती गर्छ यो चिन्ताको बिषय हो। मेयर क्षेत्रीले सहमती र सहकार्य गर्न नआउने सल्लाह र सुझाब पनि नदिने तर समाजिक सञ्जाल र बिभिन ठाउँमा अनावश्यक टिका टिप्पणी गर्नाले बर्दिवासको भबिष्यमा कालो बादल लाग्ने भएकाले त्यस्ता ब्यक्ति,राजनितिक दल र संघ संस्थालाई भबिष्यमा नगरिकले हिसाब किताब गर्ने जिकिर गरे । यसैगरी उद्योग बाणिज्य संघको तेश्रो साधारणसभाले स्वास्थ्य क्षेत्रमा उल्लेखनिय योगदान पुर्याउने शुभ स्वस्तिक अस्पताल तथा ब्यवसायिक क्षेत्रमा योगदान गर्ने बिभिन्न ब्यवसायीलाई सम्मान गरेको थियो ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...