महोत्तरीको रामगोपालपुर २ मा २० जनाको उम्मेदवारी दर्ता

[sharethis-inline-buttons]

आज्ञा खबर
महोत्तरी
महोत्तरीको रामगोपालपुर –२ को । रिक्त वडा अध्यक्ष पदका लागि २० जनाले उम्मेदवारी दर्ता गराएका छन् । वडाअध्यक्षपदका लागि ८ जना राजनितिक दल र १२ जना स्वतन्त्र उमेदवारले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

नेकपा माओवादी केन्द्रकी आईतीकुमारी यादव, नेपाली कांग्रेसका मो. जनिफ खान जनता समाजवादी पार्टीका मो. नजामुद्दिन खान, नेकपा एमालेका सकिबुल खान, राष्ट्रिय प्रजातन्त्र पार्टीका मो. मनान खान, राष्ट्रिय स्वतन्त्र पार्टीका खुर्सेद खान, जनमत पार्टीका ललिन्द्रकुमार साह र राष्ट्रियजनता पार्टीका राजेशकुमार यादवले मनोनयन दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ ।

त्यसैगरी स्वतन्त्रतर्फबाट उम्मेदवारी दर्ता गराउनेहरुमा अशोककुमार यादव, गंगाप्रसाद यादव धिरेन्द्र प्रसाद यादव,नजामुद्दिन खान, विलेन्द्रकुमार यादव, मुकेश्वर ठाकुर, मो. अरमान रजा, मो. ईमामुद्दिन खान, राकेशकुमार यादव, राजदेव यादव, रामऔतार यादव र विजयकुमार यादव रहेका छन् ।

दुई महिनाअघि मोटरसाइकल दुर्घटनामा वडाध्यक्ष मुकेश यादवको मृत्यु भएपछि उक्त पदमा उपनिर्वाचन हुन लागेको हो ।रामगोपालपुर नगर पालिकामा रहेको ९ वडामध्ये प्रमुख, उपप्रमुखसहित वडा नं. ३,४ र ७ मा एमालेले वडाध्यक्ष जितेको हो भने माओवादी केन्द्रले वडा नं. १, २, ८ र ९ मा जितेको हो ।

२ हजार २ सय मतदाता रहेका यस वडा नम्बर २ मा गत निर्वाचनमा मा मुकेश यादव ४३३ मत पाएर वडाध्यक्षमा विजयी भएका थिए भने उनका प्रतिस्पर्धीहरू कांग्रेसका मोहोम्मद जनिफ खाँले ३७५ र जसपा नेपालका सकिबुल खाँले ३४२ मत पाएका थिए। एमालेका कादिर हुसैनले २८७ मत प्राप्त गरेका थिए ।

जसपाका खाँनले एमाले प्रवेश गरेर उम्मेदवारी दिएका छन् । माओवादीकी यादव यसअघि निर्वाचित मुकेशकी श्रीमती हुन् । कांग्रेसका खाँ पुरानै उम्मेदवार हुन्।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...