क्रिकेटर पूजा महतो गृह जिल्लामा सम्मानित

[sharethis-inline-buttons]

निकिता खनाल
बर्दिवास
महोत्तरीको गौशला निवासी महिला क्रिकेटर पूजा महतो गृह जिल्लामा सम्मनित भएकी छिन । आईसीसी यू–१९ महिला टी–२० विश्वकपमा छनोट हुन सफल राष्ट्रिय टोलीमा रहेकी खेलाडी महतोलाई नेपाल कुशवाहा कल्याणकारी समाज महोत्तरीले नगदसहित सम्मान गरेको जनाएको छ । आईसीसी यू–१९ महिला टी–२० विश्वकप छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै पहिलो पटक विश्वकपमा स्थान सुरक्षित गराउन भूमिका खेलेकाले क्रिकेटरमहतोलाई शनिवार कुशवाहा कल्याणकारी समाज महोत्तरीका अध्यक्ष बिजयकुमार महतोले नगद ५१ हजार सहित सम्मान गरेका हुँन। राष्ट्रिय टोली की कप्तान पुजा महतोको टोली बुधबार भएको खेलमा नेपालले यूएईलाई पछि पार्दै आउँदो जनवरीमा हुने आईसीसी यू–१९ महिला टी–२० विश्वकपमा खेलमा सहभागी हुनेछ।

पूजामहतोको नाम चर्चामा

पूजाको कप्तानीमा रहेको टिमले यूएईलाई हराउँदै आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटको उपाधि जित्यो। च्याम्पियन हैसियतमा नेपालले आगामी जनवरी–फेब्रुअरीमा मलेसियामाहुने यू–१९ महिला टी–२० विश्वकप र डिसेम्बरमा मलेसियामा नै हुने यू–१९ महिला एसियाकप खेल्ने अवसर समेत पायो । यो उपलब्धिमा सबैभन्दा अगाडि पूजाकै नाम आउँछ । उनले महिला क्रिकेटमा नेपाललाई पहिलो पटक विश्वकपमा पु¥याउन नेतृत्व गरिन् । उनी मैदानमा ब्याट र बल दुवैमा अब्बल देखिइन् ।‘महिलाक्रिकेटमा इतिहास रच्दा धेरै खुशीलागेको छ र त्यसको कप्तानको भूमिका निर्वाह गर्न पाउँदा त अझ धेरै गर्व लागेको छ’, पूजाले भनिन् ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...