आफ्नो कार्यकालमा कुनैपनि क्षेत्रलाई लाखापाखा नगरीेने : मेयर क्षेत्री

[sharethis-inline-buttons]

निकेश खनाल
बर्दिवास
बर्दिवास नगरपालिकाका मेयर प्रह्लाद कुमार क्षेत्रीले केहि समययता नगरभित्र खेलको बिकासमा उल्लेखनिय प्रगती भईरहेको बताएका छन । महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर ३ को आयोजना तथा आर्थिक सहयोगमा बर्दिवास युनाईटेड क्लब गौरीडाँडाले सहकार्य गरेर राखेको वडा स्तरीय अन्तर फुटबल प्रतियोगिताको समापन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुँन।
उनले अहिले नगरपालिकाको घाँटी हेरेर हाड निल्नु पर्ने अवस्था रहेको भन्दै नगरको सिमित बजेटलाई
अधिकतम उपयोग गर्दै खेल क्षेत्र जस्तै सबैक्षेत्रमा लागानी गर्नुपर्नै बाध्यता रहेको जनाए । उनले आफ्नो कार्यकालमा कुनैपनि क्षेत्रलाई लाखापाखा नगरीेने भन्दै सबैश्रोत साधनलाई उपयोग गरेर आवश्यता अनुसार बजेट बिनयोजन गर्दै बिकासको कामलाई अगाडी बढाएको उल्लेख गरे । मेयर क्षेत्रीले शुभ दिपावली ,छठ पर्व,नेपालसम्बत र ईदपर्वको शुभकामना दिदै – नेपालको विशिष्ट मौलिक यस्ता पर्वले प्रकृति, मानवजीवन र प्राणी जगत बिचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्नुका साथै दिदीबहिनी तथा दाजुभाइबीचको स्नेह समेत प्रगाढ बनाउन मद्दत पु¥याएको जनाए।

क्षेत्रीले तिहारको अवसरमा खेलिने देउसी भैलोलगायत साँस्कृतिक नाचगानले समाजमा शान्ति, सद्भाव, एकता र भाइचारा अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पु¥याएको भन्दै
दीपावलीको उज्यालो प्रकाशले सबैलाई सत्य, धर्म, न्याय र सदाचारको मार्गमा अग्रसर रहन प्रेरणा प्रदान गरोस् भनी कामना गरेका छन्।
यस अबसरमा उनले नगर भित्रका सबै नागरिकमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना समेत गरेका छन्।
कार्तिक १० गतेदेखी शुरु भएको फुटबल प्रतियोगिताको फाईनल खेलमा आयोजक बर्दिवास नब प्रतिभा युवाक्लब (लेजेन्ड) गौरीवास विजयी भएको छ । विजयी गौरीवासले २५ केजी (१० धार्नि)को खसी शिल्ड सहित प्रमाणपत्र पाएको छ।
फाईनल खेलमा रजाबास युवा क्लब दोश्रो भएको छ । रजाबासले २० केजी (८ धार्नि) को खसी शिल्ड सहित प्रमाणपत्र पाएको हो।

बिहिबार भएको फाईनल खेलमा नब प्रतिभा युवाक्लब (लेजेन्ड) गौरीवासले रजाबास युवा क्लबलाई ३–१ गोलको अन्तरले पराजित गर्दै विजयी भएको बताईएको छ ।
खेल शुरु भएकोे ३ मिनेटमै रजाबास युवा क्लबले पहिलो गोलगर्न सफल भएको थियो । त्सपछी रजाबासले खेल अबधिभर कुनै गोलगर्न सकेन रजाबासले गरेको गोलको लगत्तै गौरीवासले १ गोलगरेर खेललाई रोमञ्चक बनाएको थियो। त्यसैगरी खेलको ४० औ मिनेटजाँदा गौरीवासले पुनह १ गोल थपेर खेललाई उत्साह जनक बनाएको थियो ।
फाईनलको रोमाञ्चक खेल चलिरहदा ५५ औ मिनेटमा गौरीवासले पुनह तेस्रो गोल थप्दै बिजयको शिखरलाई सबल बनाएको बर्दिवास युनाईटेड क्लबका अध्यक्ष बिनोद खड्काले जानकारी दिए ।

फाईनल खेलमा नब प्रतिभा क्लब गौरीवासका १४ बर्षिय सम्राट बिष्ट राईजिङ्ग अफ प्लेयर घोषित भएका छन्।
त्यसैगरी प्रतियोगिताको बेस्ट गोलकिपरको उपाधि नबप्रतिभा युवा क्लब गौरीवासकै अमिर भुजेल बनेका छन्। तेस्तै खेलको बेस्ट स्कोरर रजाबास युवा क्लबका आशिश श्रेष्ठ बनेको बर्दिवास युनाईटेड क्लबले जनाएको छ।

यस प्रतियोगिताको बेस्ट गोलकिपर,राईजिङ्ग अफ प्लेयर, बेस्ट स्कोररलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ।
बर्दिवास नगरपालिका वडा नम्बर ३ ले यो बर्ष गौरीवासमा वडा स्तरीय खेलको माध्यमबाट वडा भित्र रहेका उर्जनशिल खेलाडी छनौट गरी उनिहरुको बृत्ती बिकासकालागी आधार तयार गर्ने लक्षय लिएको छ।
यस्का साथै नगर स्तरीय हुँदै राष्ट्रिय खेलमा समेत समाबेश हुन सक्नेगरी खेलाडी उत्पादनको योजना तयारगरी फुटबल प्रशिक्षणको कामलाई समेत प्रथमिकता दिदै आएको सो वडाका अध्यक्ष बिराट कुमार बिष्टले जानकारी दिए । गौरीवासमा फुटबल खेलाडी को रुपमा उत्पादनभई हाल त्रिभुबन आर्मीक्लबमा राजु खड्का, नेपाल पुलिस क्लबको तर्फबाट महिला फुटबल प्रशिक्षकको रुपमा चेतन घिमिरेले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीको रुपमा आफ्नो परिचय बनाउन सफल भएका छन।
महोत्तरीको बर्दिवास नगरपालिका ३ गौरीवासमा वडा अध्यक्ष बिराट कुमार बिष्टको प्रयासमा प्रत्येकबर्ष आयोजना हुँने फुटबल प्रतियोगितामा दुईजना पुर्ब खेलाडीलाई सम्मान गर्ने गरीएको छ ।
सम्मानकै क्रममा यस बर्ष गौरीवासका नेत्र बहादुर रम्तेल र भब्सीका शेरबहादुर पुलामीलाई सम्मान गरिएको हो। उनिहरुलाई बर्दिवास नगरपालिकाका मेयर प्रह्लाद कुमार क्षेत्रीले दोसल्ला ओढाएर सम्मान गरेका छन ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...