निकेश खनाल
बर्दिवास
विश्व पोलियो दिवसको अवसरमा रोटरी क्लवअफ र रोट्रयाकक्लव बर्दिवासले महोत्तरीको बर्दिवासमा बिहिवार आयोजना गरेको मिनी म्याराथन दौड प्रतियोगितामा सिन्धुलीको दुधौली नगरपालिका १२ का बोधराज भट्टराई प्रथम भएका छन ।
भट्टराईले ९ हजार मिटरको दुरी ४२ मिनेटमा पारगर्दै प्रथम भएका हुँन्। त्यसैगरी प्रतियोगितामा महोत्तरीको बर्दिवास नगरपालिका १३ का रोशन किङ्गरिङ्ग दोश्रो भएका छन।
उनले ४२ मिनेट ३० सेकेन्डमा तोकिएको दुरी पारगर्दै दोश्रो स्थान हासिल गरेका हुँन । तेस्तै दौडको तेश्रो स्थान बर्दिवास नगरपालिका ४ का अमृत बस्नेतले हासिल गरेका छन । उनले ४४ मिनेटमा दौडको सबै दुरी पारगर्दै तेश्रो स्थान ल्याउन सफल भएको रोटरी क्लवअफ बर्दिवासकी सदस्य तथा मिनी म्याराथन दौड प्रतियोगिताकी संयोजक सुमित्रा भट्टराईले जानकारी दिईन।
प्रतियोगितामा प्रथम हुनेलाई १० हजार १ दोस्रो हुनेलाई ७ हजार १ तेस्रो हुनेलाई ५ हजार १ रुपैयाँको चेक प्रदान गरिएको होे। त्यसकासाथै प्रथम, दोस्रो र तेस्रो हुनेलाई बर्दिवासको होटल गुञ्ज, होटल बिनायक र गौतम होटलमा दुईजनाको दरले डिनरको कुपन समेत प्रदान गरीएको छ।यसैगरी सान्त्वना हुने ७ जनालाई प्रसंशापत्र प्रदान गरिएको छ।
बिहान ७ बजेदेखी शुरु भएको खुल्ला पुरुष तथा महिला मिनी म्याराथन प्रतियोगितामा ९५ जना पुरुष तथा महिला प्रतियोगी सहभागी थिए ।
मिनी म्याराथन दौडमा बर्दिवास नगरपालिका २ का जगत बहादुर खड्का र उनका छोरा अंकित खड्का बिच रोमान्चक प्रतिस्प्रर्धा देखिएको रोटरी क्लबअफ बर्दिवासका अध्यक्ष बिष्णुराज पुरीले जानकारी दिए ।
पोलियो रोगलाई बिश्वबाटै उन्मुलन गराउने लक्ष्य लिएर काम गरिरहेको रोटरीले बर्दिवासमा खेलको माध्यमबाट शारीरिक, मानसिक र संवेगात्मक विकास गरी राष्ट्रप्रति जिम्मेवार बनाउने लक्ष्य राखेर मिनी म्याराथन प्रतियोगिता गराईएको आयोजकले जनाएको छ।
बर्दिवासमै पहिलोपटक भएको म्याराथन दौड प्रतियोगिता बर्दिवासको गौतम होटलको उत्तरतर्फ शिबपुराण महायज्ञ लगाईएको स्थानबाट शुरु भएर बुद्ध चोक,जनता बहुमुखी क्याम्पस हुँदै पुनह शिब पुराण महायज्ञ भएको स्थान सम्म दुरी तय गरेको आयोजक संस्थाले जनाएको छ।
१८ बर्ष पुरा गरेका महिला तथा पुरुष सहभागी दौडमा भाग लिएका पुरुष ,महिलालाई प्रबेश नि—शुल्क गराईएको थियो ।
म्याराथन दौडमा भागलिने खेलाडीलाई रोटरी क्लबअफ बर्दिवासले टि—शर्ट र टोपी प्रदान गरेको थियो ।
