सप्तरीमा बस दुर्घटना हुँदा एक युवतीको मृत्यु, २६ यात्रु घाइते

[sharethis-inline-buttons]

आज्ञा खबर
सप्तरी
सप्तरीमा यात्री सवार बस दुर्घटना हुँदा एक महिलाको घटनास्थलमै ज्यानगएको छ । अन्य २६ यात्री घाइते भएका छन् ।

उदयपुरको गाईघाटबाट काँकडभिट्टातर्फ गइरहेको प्रदेश १–०१–००१ ख ४१२६ नम्बरको बस विपरीत दिशाबाट आएको मोटरसाइकललाई जोगाउन खोज्दा
आज बिहान ७ बजे कञ्चनरुप नगरपालिकाको बरमझियामा दुर्घटना भएको हो।
दुर्घटनामा उदयपुरकी २१ वर्षीया मैया राईको ज्यान गएको सप्तरी प्रहरीले जनाएको छ ।

घाइते २६ जना मध्ये आठ जनाको अवस्था गम्भीर छ । उनीहरूलाई उपचारका लागि विराटनगर पठाइएको छ । घाइते अन्य १८ जनाको उपचार स्थानीय धर्मेश्वर अस्पतालमा भइरहेको छ । घटना विषयमा थप अनुसन्धान गरिरहेको सप्तरी प्रहरीले जनाएको छ ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...