बर्दिवासमा दशै सस्तो बजारको व्यापार चलायमान भएसंगै गुणस्तरहिन सामानको बिक्रि ह्वात्तै बढयो

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
बर्दिवासमा दशै सस्तो बजारको व्यापार चलायमान भएसंगै गुणस्तरहिन सामानको बिक्रि ह्वात्तै बढयो छ । बाढीपहिरोको कारण राजमार्ग अवरुद्ध हुँदा समेत चहलपहल बढेको बर्दिवासको सस्तो बजारमा बर्दिवासको स्थानिय हाट बजारलाई समेत उछिन्दै चहलपहल बढाएर उपभोक्ता ठग्ने क्रम जारी रहेको बर्दिवासका स्थनियहरुले बताएका छन ।
बर्दिवास उधोग बाणिज्य संघले १६ गतेदेखि २५ गतेसम्म आयोजना गरेको सस्तो बजारमा दुई दिनमा नै १५ हजार भन्दा बढीले अवलोकन गरेर किनमेल गरेपनी बजारमा गुणस्तरहीन कपडा, जुत्ता र म्यादगुज्रेको दैनिक उपभोगका सामान खुलेयाम बिक्रि बितरण भईरहेको एक ब्यवसायीले नाम नखोल्ने शर्तमा जानकारी दिए । बर्दिवास जलेश्वर सडक खण्डको दायाँतर्फ विशेष बजारमा राखिएका झण्डै ६० वटा स्टलहरुमध्ये केहि स्टलहरुले कमसल सामाग्रि भिडाएर ग्राहक ठग्ने काम गरेको पाईएको छ ।
हरेक उपभोग्य वस्तुहरुमा भारी छुटको व्यवस्था गरेर दशैको मुखमा जतिसक्दो छिटो ब्यवसायीले गुणस्तर नभएको ड्यामेज सामान बिक्रि गरीसक्ने योजना रहेको देखिन्छ । किरानादेखी व्युटीपार्लरमा समेत ५० प्रतिशतसम्म एकातिर छुटको घोषणा गरिएको छ भने अर्काेतिर व्युटीपार्लरमा प्रयोगहुने क्रिम पाउडरसमेत म्याद गुज्रेको भेटिएको छ । यसो हेर्दा दशै सस्तो बजार सोचेभन्दा निक्कै राम्रो भए पनी यस्ले भोलिको दिनमा निम्त्याउन सक्ने भयाबह अवस्था को बिषयमा बर्दिवास उधोग बाणिज्य संघ बेखबर भए जस्तै कानमा तेल हालेर बसिरहेको छ । कालोबजारी ब्यवसायीको सामान बेच्न राखिएको जस्तो देखिने गरी बर्दिवासको सस्तो बजारले अहिले देखिएको ब्यवसायीक तरलतालाई बर्दिवासमा देखिएको खुसी तुल्याए पनी उपभोक्तालाई पर्नसक्ने असरप्रती जिम्मेवार निकाय समेत मुकदर्शक भएर बसेको देखिएको छ । त्यसो त उपभोक्ताहरु पनि सस्तो बजारवाट सन्तुष्ट नवनेको प्रतिक्रिया दिएका छन् । उपभोग्य सामानहरु देखी लत्ताकपडामा समेत सस्तो पाईएपनी गुणस्तरीयता नभएको बर्दिवास ७ का रमन सिंह बताउछन ।
अन्य साथीहरुलाई सस्तो बजारमा आएपनी गुणस्तरयुक्त सामान नभेटिएकाले सामान किनमेल नगरी फर्र्कीएको बताए ।
सस्तो बजारमा स्थानिय उपभोक्ताहरु गाउँघरबाट उत्साहित भएर आएको देखिएपनी निरास भएर फर्किएको देखिएका छन् । सस्तो बजार खोज्दै भारतिय सिमामा रहेका बजारहरुमा पुग्नुपर्ने वाध्यताको अन्य गरेको नारा लिएपनी दशै सस्तो बजारले ब्यापक ठगेको उनिहरुको भनाई छ ।
हुन त भारतिय बजारहरु मधुवनी, सितामाढीको जस्तो सस्तो सामान नपाएपनी यातायात खर्च जोड्दा उस्तै जस्तो देखिएपनी स्वाथ्यमा प्रतिकुल असर पर्नसक्ने यस्ता गुणस्तरहिन सामान बेचिनु बर्दिवासकै भबिष्य प्रति प्रश्न चिञ्ह खडा भएको देखिन्छ ।

सस्तो बजारको चलपहलले व्यापार सोचेभन्दा राम्रो भएको स्थानिय व्यापारीहरु वताउछन् । अघिल्लो बर्षको भन्दा किनमेलमा उपभोक्ताहरुको वाक्लो आवतजावत देखिएको वताउदै बर्दिवास उधोग बाणिज्य संघले लगाएको सस्तो बजारले व्यापारीहरुमा राहत भएको केही ब्यपारीको भनाईरहेपनी अहिले बर्दिवासका ब्यवसायीहरु दुई कित्तामा बाडिएको देखिएको छ । यस विषयमा टक नेपालले वर्दिबास उद्योग वाणिज्य संघका अध्यक्ष विष्णु खड्का संग कुरा गर्दा उनले सस्तो बजारका सवै स्टलहरु अनुगमन गर्न नसकेको स्विकारेका छन । उनले केहि व्यवसायिले ४–५प्रतिशत कमसल समान वेचेको हुन सक्ने भएपनी अधिकांश गुणस्तरीय सामान रहेको दाबी गरे । व्यापार संघले तेस्ता गुणस्तरहिन समान बिक्रि गरेकाहरुलाई कारवाहि गर्ने उल्लेख गरे । साथै उनले स्टल वुकिङ गरेका व्यापारीहरुले तेस्तो नगरेको दावि गरे “स्टलमा पहिले देखिनै रहेका पसलको वारेमा हामि जिम्मेवार छैनौ तर केहि व्यापारीहरुले ड्यामेज समान र धेरै वर्षदेखि विक्रि नभई पसलमै थन्किएर वसेको समान विक्रि गर्ने मौका सस्तो वजारलाई केन्द्रीत गरेर वसेको हुन सक्नेमा हामि चनाखो छौ” उनले भने ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...