निकेश खनाल
बर्दिवास
महोत्तरीको बर्दिवास १ स्थित धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचुर सम्भाबना बोकेको सुन्दर र धार्मिक आस्थाको केन्द्र दुर्गा मन्दिरमा हरेकबर्ष जस्तै यसबर्ष पनि दुर्गापुजा, पुजनोत्सव लागाईने भएको छ ।
बर्दिवास भित्र तथा आसपास क्षेत्रका भक्तजनलाई घटस्थापनादेखीनै दर्शन,पूजाआजा र मनोरञ्जन प्रदान गर्दै हिन्दु संस्कृतीको जगेर्नागरी अहिलेकोे पिढीलाईसमेत दुर्गापुजामा सहभागी गराउने उदेश्यले यो बर्षको दुर्गापुजा पुजनोत्सवगर्न लागिएको दुर्गापुजा पुजनोत्सव २०८१ की अध्यक्ष सुमित्रा भट्टराईले जानकारी दिईन ।
दशैको घटस्थापनाका दिन बिहान ६ बजे कलशयात्रागरेर जमरा राख्दै शुरुहुने दुर्गापुजा पुजनोत्सवमा दैनिक रुपमै दशदिन पुजा आरधना गरीने छ ।
यसैगरी हरेकदिन साँझ आरती हरेकदिन राती भजनकिर्तन २३ गते दिउँसो बेल निमन्त्रण २४ गते दिउँसो फुलपाती भित्रयाईने कार्यक्रम रहेको छ ।
तेस्तै २६ गते बिहान जमरा बितरण २७ गते पाती सेलाउने समेत कार्यगरीने आयोजक पुजा समितीले जनाएको छ।
दुर्गापुजालाई थप आकर्षित बनाउन मन्दिरको प्रबेशद्वारदेखीनै सडकको दुबै किनारमा झन्डा र ५ सय मिटरसम्म झिलिमिली बत्ती लगाईने भएको छ।
यस्तै मन्दिर परिसरमा बिभिन्न राष्ट्रिय स्तरमा ख्याती कमाएका कलाकार हरुको बेजोड प्रस्तुती, तामाङ्ग सेलो, मगरडान्स,झिझियानृत्य लगायत बिबिध मनोरञ्जनात्मक सास्कृतिक कार्यक्रम पस्कदै बिभिन्न किसिमको झाँकी प्रस्तुत गरीने दुर्गापुजा पुजनोत्सव समिती २०८१ ले आईतवार पत्रकार सम्मेलनको आयोजनागरी जानकारी गराएको हो।
केही बर्ष यता दशै तिहारको समयमा गाउँघरमा लोप हुँदै गईरहेको लिङ्गेपिङ्ग समेत संस्कृती जोगाउन आयोजकले मन्दिर परिसरमा २ वटा ब्यवस्था गरेको छ।
दुर्गापुजा पुजनोत्सवलाई थप मर्यादित र प्रभाबकारी बनाउन मुल समिती बाहेक अन्य ९ वटा उपसमिती गठन गरीएको छ।
करीब २ लाख ८२ हजार खर्च लाग्ने योजना रहेको पुजनोत्सव लगाउन स्थानिय उद्योगी ब्यवसायीहरुबाट आर्थिक सहयोग प्रदान भएको नेपाल होटल तथा पर्यटन ब्यवसायी महासंघ मधेश प्रदेशका अध्यक्ष तथा दुर्गापुजा पुजनोत्सव समितीका सल्लाहकार हिरालाल गौतमले जानकारी दिए ।