आज्ञा खबर
बर्दिवास
पर्यटन क्षेत्रको विकासमा टेवा पुर्याउने र आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यले बुधवार सर्लाही जिल्लाको बिभिन्न पर्यटकीय स्थलहरुको अध्ययन अवलोकन भ्रमण गरीएको छ् । नेपाल होटल तथा पर्यटन ब्यवसायी महासंघ मधेश प्रदेशको आयोजनामा सर्लाही जिल्ला भित्रका ओझेलमा परेका पर्यटकिय गन्तब्यहरुको अबलोकन भ्रमण गरीएको हो ।
पर्यटकिय गन्तब्यको रुपमा प्रभाकारी ढंगले बिकास हँुन नसकी प्रचारप्रसार समेत नभएका तर गन्तब्यको प्रचुर सम्भाबना बोकेका स्थलहरुमा स्वदेशी तथा बिदेशी पर्यटक भित्रयाई घुमौ मधेश बुझौ प्रदेशको अभियानलाई सफल बनाउने उदेश्यले भ्रमण गरीएको नेपाल होटल तथा पर्यटन ब्यवसायी महासंघ मधेश प्रदेशका अध्यक्ष हिरालाल गौतमले जानकारी दिए ।
अबलोकन भ्रमणको क्रममा भएको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मधेश प्रदेशका उद्योग पर्यटन तथा बाणिज्य मन्त्री सकिलअली मियाँले हाल देशकै प्रभावित पर्यटन क्षेत्रलाई उकास्नका लागि टेवा पुगोस भन्ने उद्देश्यले पर्यटकीय अध्ययन अवलोकन भ्रमणमा सरिक भएको बताए । पर्यटन क्षेत्रको विकासनै मधेशको आर्थिक विकास र समृद्धिको आधार भएकोले पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यले मधेशको उद्योग बाणिज्य तथा पर्यटन मन्त्रालयले वार्षिक कार्ययोजना ल्याई मधेशका प्रत्येक जिल्लाभित्रका एक स्थानमा रहेको पर्यटकिय क्षेत्रलाई यस बर्ष मुख्य गन्तब्यको रुपमा बिकास गर्न सरकारले बजेट बिनियोजन गरीसकेको उल्लेख गरे। उनले एउटा जिल्लाबाट अर्को जिल्ला तथा अर्काे देशमा जाँदा त्यस क्षेत्रको व्यापार व्यवसायमा समेत वृद्धि भइ आर्थिक चलायमानमा समेत सहयोग पुग्ने भएकोले पर्यटन बिकासमा निजी क्षेत्रले समेत सरकारसंग सहकार्य गरेर अघि बढनुपर्नेमा जोड दिए।
भ्रमणका क्रममा सर्लाही जिल्ला भित्र रहेको मंगलनाथ बाबा ,गढीमाइर्, राजदेबी मन्दिर र माछा पोखरी ,(भरतताल) को अबलोकन भ्रमण गरीएको नेपाल होटल तथा पर्यटन ब्यवसायी महासंघका कोषाध्यक्ष दानबहादुर थापा (बिष्णु) ले जानकारी दिए ।
मंगलबाबा मन्दिर
मंलगवा नगरपालिका ८ स्थित मंगलबाबा मन्दिर हिन्दु र मुस्लिम दुबै सामुदायले पुजा गर्ने मन्दिरको रुपमा परिचित छ ।
करिब ४ सय वर्ष पहिला स्थपित भएको मन्दिरले धार्मिक सहिसुणता र आपसी सदभाबलाई समेत बोकेको देखिन्छ।
राजदेवी माई मन्दिर ः
मलंगवा नगरपालिका ९ स्थित राजदेवी माई मन्दिरमा
स्वदेश तथा मित्र राष्ट्र भारतका भक्तजनहरु फागु पुर्णिमाको दिन मन्दिरमा आएर पुजापाठ गरेर घर फर्केपछि मात्र होलि खेल्ने चलन रहेको छ ।
मन्दिरमा भेटिको रुपमा १ रुपैयाँ भन्दा बढी चढाउन नपाईने यो मन्दिरको प्राचिन एबं धार्मिक बिशेषता रहेको पाईएको छ।
चमेली माई मन्दिर ः
सर्लाहीको कबिलासी नगरपालिका वडा न.१० सलेमपुरमा रहेको यो चमेली माई मन्दिरको आफ्नै धार्मिक तथा पुरातात्विक महत्व रहेको छ दसैँको समयमा विशेष चहलपहल हुँने यो मन्दिरमा घटस्थापनाको दिनदेखि दसैँको अन्तिम दिन अर्थात पुर्णिमा सम्मनै दर्शनार्थीहरुको भिड लाग्ने गर्दछ । ऐतिहासिक धार्मिकस्थलको रुपमा परिचित यो मन्दिर मधेस प्रदेशको गन्तव्यको रुपमा समेत चिनिन्छ । मन्दिरमा दशै बाहेक अन्य दिनमा समेत यो बाटो हिँड्ने यात्रीले आ–आफ्नो सवारी साधन रोकेर देवीको दर्शन गर्ने गरेको पाईन्छ ।
सर्लाहीको गढिमाई मन्दिर
कविलासी नगरपालिका–६ जमुनियाँ स्थित गढिमाई मन्दिरमा पाँच–पाँच वर्षको अन्तरालमा मेला लाग्ने गरेको छ । जमुनियाँस्थित गढिमाई मन्दिरले धार्मिक
ऐतिहासिक पुरातात्विक महत्व बोकेको पाईएको छ ।
मन्दिरका हालका पूजारी असर्फी राउतले आफ्नो सात पुस्ता यो मन्दिरकै पूजारी भइसकेको बताउ छन्। मुख्य गढिमाई मन्दिर जमुनियामै रहेको दाबी गर्दै पुजारी राउतले जमुनियामा बत्ती नबाली बाराको गढिमाईमा समेत बत्ती नबालिने दाबी गर्छन् । यहाँ स्वदेश तथा भारतबाट समेत राँगा र बोका बली चढाउन भक्तजन आउने गरेको आयोजकले दाबी गरेका छन् ।
भरतताल
बागमती नगरपालिका वडा नं. ४ र १२ मा पर्ने भरत ताल १ सय २१ बिघामा फैलिएको छा
तालमा बोटिङ गर्न र पिकनिक मनाउनका लागि दैनिक हजारौं स्वदेशी तथा भारतीय पर्यटक आउने गरेका छन् । सुरुमा माछापालनका लागि पोखरी खनिएको यो पोखरी पछि, मानब निर्मित तालकै रूपमा विकास गरियो ।
मधेस प्रदेश घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकको पहिलो रोजाइ बनेको भरत तालमा बोटिङ गर्न, पिकनिक खान र रमाइलो गर्नका लागी भरत ताल पर्यटकको पहिलो रोजाइमा पर्ने गरेको छ। पछिल्ला दिनमा छिमेकी राष्ट्रभारतबाट समेत यहाँ ठूलो संख्यामा पर्यटक आउने गरेका छन् ।
देशकै सबैभन्दा ठूलो मानवनिर्मित भरत ताल मधेस प्रदेशकै प्रमुख पर्यटकीय स्थलको रूपमा रहेको छ। तालमा आन्तरिक एवम् बाह्य पर्यटकको चाप दिनानुदिन बढ्दो छ । यो ताल र यसको वरपरको पर्यटकीय विकासको अध्ययन र अवलोकन भ्रमणका लागि देशका विभिन्न पालिकाका जनप्रतिनिधिहरू आउने क्रम पनि बढ्दो छ । कलकल बग्ने बागमती नदी र छेउमा बन्दै गरेको रेलको लिगले समेत हरेक पर्यटकको मन लोभ्याउने गर्दछ। हावाको वेगसँगै तालमा छल्किने पानीले पर्यटक रोमाञ्चित बन्ने गरेका छन् ।
नगरपालिका तात्कालिन मेयर भरतकुमार थापाको नामले परिचित यो ताललाई नगरले ’बागमती माछा पोखरी बनाउने योजना तयार बनाएपनि स्थानीयले भरत ताल नामकरण गरिदिएका छन् । हाल सबैले यस ताललाई भरत ताल नै भन्ने गरेको पाइन्छ । नगरपालिकाले आम्दानीको स्रोत बढाउन माछा पाल्ने लक्ष्य राखेर २०७६ सालमा पोखरी खन्न थालेको थियो बाँझो जमिन खन्दै जाँदा ठूलो ताल बनेको हो केही समय अघिदेखी यो ताल घुमफिरका लागि आकर्षणको केन्द्र बन्न पुगेको छ ।
नगर प्रमुख थापाको विशेष पहलमा करिब १२१ बिघा क्षेत्रफलमा निर्माण गरिएको यस तालको गहिराइ १५ देखि ४५ फिटसम्म रहेको छ । यहाँ मोटर बोट चढेर आनन्द लिन र मनोरञ्जनका लागि स्थानीय र वरपरका जिल्लाका पर्यटक यहाँ आउन थालेका छन् । बिदाको दिन परिवार सहित ठूलो सङ्ख्यामा आन्तरिक पर्यटक यहाँ आउने गरेको पाइन्छ तालमा हंसराज प्रजातिको हाँस पालिएको छ र आगामी दिनमा माछापालन समेत गरिने कार्ययोजना रहेको छ । तालको नजिकै सुमेरू पर्वत बनाउने, शिवमूर्ति बनाउने र मिनी नेपालको कल्पना समेत गरिएको नगरपालिका स्रोतले जनाएको छ ।
चुरेकै काखमा रहेको यस तालमा ३५ सिट क्षमता भएको जेटबोट सञ्चालनमा आएको छ भने अन्य साना बोट (मिनी क्रुज ) हरूमा पनि आन्तरिक एवम् बाह्य पर्यटकको भीड लागिरहेको पाइन्छ । तालको सुन्दर दृश्य, तालपारि देखिने चुरे पर्वत, तालमा पौडिँदै गरेका हाँस र तालमा सरर हिँडिरहेका मोटर बोटले पर्यटकको मन लोभ्याउने गरेको छ । तालमा फोटो खिच्ने, टिकटक बनाउने, बोटमा यात्रा गर्ने तथा ताललाई नजिकबाट नियाल्दै खाजा खाने, साथीभाइ भेट्ने तथा रमाइलो गर्ने पर्यटकको सङ्ख्या बढिरहेको देखिन्छ ।