आज्ञा खबर
बर्दिवास
हरेक सेप्टेम्बर २७ तारेखका दिन मनाईने विश्व पर्यटन दिवस महोत्तरीमा पनि ४५ औं पर्यटन दिवसको रुपमा विविध कार्यक्रमको आयोजना गरी यस बर्ष पनी मनाइँदैछ। कोभिड पछिदेखीे हालसम्मनै शिथिल बनेको महोत्तरीको पर्यटन क्षेत्रलाई चलायमान बनाउन र उत्साहजनक पर्यटक भित्रयाई पर्यटन प्रवर्द्धनकालागी विभिन्न कार्यक्रमसहित दिवस मनाउन लागिएको हो।
हाल देखिएको पर्यटन क्षेत्रलाई पुनरस्थापना गर्दे प्रभावकारी बनाउन संस्कृति, पर्यटन तथा पर्वधन समिती बर्दिवास र नेपाल होटल तथा पर्यटन ब्यवसायी संघ महोत्तरीले बिबिध कार्यक्रम गरी दिवस भव्य रूपमा मनाउन लागिएको नेपाल होटल तथा पर्यटन ब्यवसायि संघ महोत्तरीले सोमवार पत्रकार सम्मेलनको आयोजनागरी जानकारी दिएको छ।
दिवसको अवसरमा १० गते बिहान बर्दिवासस्थित मुख्य बजारको सरसफाई गरीने तथा ११ गते बिहान बर्दिवासको मुख्य बजारमा प्रभात फेरी गरी पर्यटन सम्बन्धि बिचार गोष्ठि गरीने बताईएको छ ।
यस्तै, पर्यटन दिवसको अवसरमा बर्दिवासको मुख्य बजारलाई बेहुली झै सिगांरिएर झिलिमिली बनाउने योजना समेत रहेको संस्कृति, पर्यटन तथा पर्वधन समिती बर्दिवासले बताएको छ । दिवसकै अवसरमा पर्यटकलाई अत्यधिक मात्रामा आर्कसित बनाउन र आन्तरीक पर्यटनलाई प्रबर्धन गर्न महोत्तरीका सबै होटलमा यही असोज १० गतेदेखी असोज २५ गतेसम्म खानामा १५ प्रतिशत र आवासमा २५ प्रतिशत छुट दिईने आयोजक संस्थाले जानाएको छ ।