आज्ञा खबर
बर्दिवास
बर्दिवास नगरपालिकाका नगर प्रमुख प्रह्लाद कुमार क्षेत्रीले महिलाले चालेको आर्थिक क्रान्तिमा नगरपालिकाले कसरी काम गर्न सक्छ भनेर सिक्ने थलो महिला केन्द्र बहुउदेश्य सहकारी संस्था भएको बताएका छन ।
महोत्तरीको बर्दिवासमा सो सहकारीले गरेको २१ औ साधारण सभामालाई शुक्रवार सम्बोधन गर्दै उनले यस्तो बताएका हुँन। उनले महिला नेतृत्व विकासको लागी संस्थाकी अध्यक्ष शारदा दहालले मुख्य भुमिका खेलेको बताए । मेयर क्षेत्रीले बिकासको मोरुदण्डलाई नगर पालिकाले समातेर काम गरीरहेको भन्दै कृषि प्रधान देशमा आफु निर्वाचित भएको दुईबर्ष सकिएर तिनबर्षमा प्रबेश गर्नलाग्दा बर्दिवासको कृषि सडकहरुमा बिद्युतीकरणको काम शुरु भईसकेको जनाए।
क्षेत्रीले भने,नगरभित्र सिचाई हुन

नसकेर आकाशे खेतिको भरपरेका किसानको खेतमा डिप बोेरिङ्गको ब्यवस्था मिलाउदै बर्दिवासको उत्पादनलाई प्रबद्धनमा जोड दिएका छौ ।
दुईबर्ष भित्रमा नागरकै बजेटबाट २० किलोमिटर कालोपत्रे सडक निर्माण गर्दै दुईवटा पुलको ठेक्का जस्तो गरिमामय काम गरेर नागरीकको भबनाको उच्च कदर गरेका छौ, जुन देशमै पहिलो पटक भएको काम हो । अहिले नगरपालिकाले थप २२ किलोमिटर सडक कालोपत्रे गर्ने योजनामा छ। बर्दिवास भित्रका सबै सहकारी संस्थाहरु एकजुट भएर सहकारीको बिकास सम्बन्धि प्रस्ताबना ल्याएमा उनिहरुको लगानिमा नगरपालिकाले थप लगानी गर्दै योजना कायान्वयन गर्न सहकार्य गरेर नागरीकको आर्थिक सवलतामा जोडदिईने छ ।

यसैगरी संस्थाले स्थापनाकालदेखि यस सहकारीलाई निरन्तर सहयोग गर्ने समाजसेवी समिर घिमिरे तथा संस्थाकी सल्लाहकार सरिता ढुंगानालाई सम्मान गरेको थियो ।
बर्दिवासस्थित महिला केन्द्र वहुउद्देश्य सहकारी संस्था बर्दिवासमा भएका सहकारीमध्ये आफ्ना शेयर सदस्यहरूलाई २१ वर्षदेखि निरन्तर १५ प्रतिशत शेयर वोनस दिने एकमात्र संस्था हो ।
निरन्तर नाफामा संचालित संस्थाको आन्तरीक कोष मात्र साढे दुई करोडभन्दा वढी रहेको संस्थाको आर्थिक प्रतिवेदनमा उल्लेख छ । महिलामात्र संचालक रहदैं आएको उक्त संस्थाले ५ लाखको हाराहारी आयकर तिरेर गत वर्ष करदाता सेवा कार्यालय बर्दिवासबाट सम्मानितपनि भएको थियो । ७० प्रतिशत भन्दा वढी महिला शेयर सदस्य रहेको संस्थाले बर्दिवास तथा गौशला नगरपालिकालाई आफ्नो कार्यक्षेत्र वनाएको छ, भने ७० वटा भन्दा वढी महिला वचत समुह मार्फत कारोवार अगाडि वढाएको छ ।

संस्थाले बालवचत, नियमित वचत, उत्कृष्ट कारोवार तथा शुभमवस्ती महिला समूह वर्दिवास १४, लक्ष्मी कृषि महिला समूह वर्दिवास ४, वरडाडा महिला समूह वर्दिवास ४, अरुणडाडा महिला समूह वर्दिवास १० खयरमारा समुह लगायतलाई प्रमाण पत्रसहित पुरस्कृत गरेको थियो ।

२५ जना दिदीवहिनीको २ हजार ५०० रुपैयाबाट शुरुगरेको यो संस्था अहिले जिल्लामै महिलाले संचालन गरेको सहकारीमध्ये अग्रस्थानमा रहेको बताईएको छ।
संस्थाको कोषाध्यक्षले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनअनुसार शेयर पुँजी १ करोड १० लाख, कोषमा २ करोड ५९ लाख, वचत ६ करोड ७८ लाख, र ऋण लगानी तर्फ ९ करोड ३० लाख रहेको छ । तेस्तै संस्थाले शारदा दहालको अध्यक्षतामा आगामि ४ वर्षका लागि ११ सदस्यीय संचालक समिति र संगिता पोखरेलको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति समेत चयन गरेको छ ।






































