निकेश खनाल
बर्दिवास
नेपाली जनताको सातदशक लामो सङ्घर्ष, बलिदान र जनआन्दोलनको उपलब्धिका रूपमा गठन भएको संविधानसभाबाट विस २०७२ असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको थियो । संबिधानको धारा पैँतिसको भाग ३०८ धारा र ९ अनुसूचीमा लिपिबद्ध नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र, समानुपातिक समावेशी प्रतिनिधित्व, धर्मनिरपेक्षतालगायत पक्षलाई आत्मसात गरेको छ। लोकतान्त्रिक मूल्य–मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्ने अठोट यो संबिधानले गरेको छ ।

सरकारले संविधान जारी भएको आजको दिनलाई प्रत्येक वर्ष संविधान दिवस तथा राष्ट्रिय दिवसका रूपमा मनाउँदै आएको छ । ‘जनताद्वारा जनताका लागि शासन गर्ने’ सम्पूर्ण संवैधानिक व्यवस्थासहित जारी नेपालको संविधान कार्यान्वयनमा आएको आजै नौ वर्ष पूरा भएको छ ।
यसैगरी दिवसको अवसरमा महोत्तरीको बर्दिवासमा बिभिन्न कार्यक्रम गरिएको छ।
बर्दिवास नगरपालिकाद्वारा बिहीवार बिहान आयोजित प्रभातफेरी, रक्तदान कार्यक्रमकासाथै बर्दिवासको सरकारी अस्पतालका बिरामीलाई फलफुल बितरण गरी संबिधान दिवस २०८१ मनाईएको हो । सोे अवसरमा बिहीबार बिहान बर्दिवास नगरपालिकाको मुख्य बजारमा प्रभातफेरी निकालिएको छ । बर्दिवास नगरपालिकाबाट सुरुभई निकालिएको प्रभातफेरीले बर्दिवासको मुख्य बजार परीक्रमा गरी कोणसभामा परीणत भएको थियो । कोण सभालाई सम्बोधन गर्दै बर्दिवास नगरपालिकाका प्रमुख प्रह्लाद कुमार क्षेत्रीले मुलुकले नयाँ ऐतिहासिक संविधान पाएको दिनको सन्दर्भ उल्लेख गदै यस दिनलाई सभ्य र भव्य रुपले मनाउन आवश्यक रहेको बताए । दिवसको अवसरमा सम्पुर्ण नगरवासीलाई क्षेत्रीले शुभकामना दिदै परिवर्तनलाई संस्थागत गरेर संविधानको रक्षाको निम्ती सबै निकायले आआफ्नो स्थानबाट भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।
प्रमुख क्षेत्रीले संबिधानले जनताको अधिकार सुनिश्चित गरेको भन्दै अहिले देखिएको बिकासको लहर पनि २०७२ कै संबिधानको उपज भएको उल्लेख गरे । सो कार्यक्रममा बर्दिवासका बिभिन्न सामुदायिक तथा संस्थागत बिद्यालयका शिक्षक,बिद्यार्थी सुरक्षा निकायका प्रमुख, कार्यालय प्रमुख, जनप्रतिनिधि, नागरिक समाज, कर्मचारी, स्थानीयवासी, व्यवसायी, पत्रकार लगायत सहभागी भएका छन् ।
प्रभातफेरी पश्चात बर्दिवासको एकमात्र सरकारी अस्पताल बर्दिवास अस्पतालमा भर्नाभई उपचारत् बिरामीलाई नगर प्रमुख प्रह्लाद कुमार क्षेत्रीले फलफूल वितरण गरेका छन ।

सोहीे अवसरमा बर्दिवास अस्पतालमा आज रक्तदान गरिएको छ ।
बर्दिवास नगरपालिका, सरकारी अस्पताल र नेपाल रेडक्रस सोसाइटीको व्यवस्थापनमा बर्दिवास अस्पताल परिसरमा रक्तदान कार्यक्रम गरिएको हो । अस्पतालमा रगतको मागलाई पूर्ति गर्ने उद्देश्यले रक्तदान आयोजना गरिएको बताईएको छ । रक्तदान कार्यक्रममा २० जनाले रगतदान गरेको नेपाल रेडत्रस सोसाईटी उपशाखा बर्दिवासका निबर्तमान अध्यक्ष मकुन्द प्रसाद पौडेलले जनाकारी दिए ।

रक्तदानमा संकलन भएको रगत नेपाल रेडक्रस सोसाइटी उपशाखा बर्दिवासले सञ्चालन गरेको ब्लड बैंकमा उपलब्ध गराइएको छ। दिवसकै अवसरमा बर्दिवास १ स्थित सिन्धुली चोकमा झण्डात्तोलन गरिएको छ । संविधान दिवसको अवसर पारेर बर्दिवासको मुख्य बजारमा आज साँझ दीप प्रज्वलनको कार्यक्रम गरिएको छ ।





































