निकिता खनाल
बर्दिवास
महोत्तरीको बर्दिवास स्थित उद्योग वाणिज्य संघले यहि असोज १६ गतेदेखि बर्दिवासमा सस्तो दशैं बजार २०८१ लगाउने भएको छ।
चाडपर्वका बेला उपभोक्तालाई सस्तो सुलभ मूल्यमा गुणस्तरीय उपभोग्य सामग्री उपलब्ध गराउने उद्देश्यले दशदिन सम्म सस्तो दशैं बजार संचालनगर्न लागिएको संघका महासचिब उत्तमकुमार श्रेष्ठले बिहिवार पत्रकार सम्मेलनको आयोजनागरी जानकारी दिए। बर्दिवासको वडा नम्बर १४ औरही रोड स्थित तरकारी बजार परिसरमा लगाईने बजारमा ६० वटा पसलका स्टल रहने छन ।
दशैंको समयमा दैनिक उपभोग्य वस्तुको खरिदमा उपभोक्ता ठगिने गुनासो आउनेगरेको बिषयलाई मध्यनजरगर्दै संघले बजारमा अनुगमनलाई प्रभावकारी बनाउने जनाएको छ।
असोज २५ गतेसम्म चल्ने सस्तो दशैं बजारमा दैनिक उपभोग्य वस्तु लत्ता कपडाका साथै मासुकालागी उपभोग गरीने पशु,पंछीको स्टल रहने छन्। सस्तो दशैं बजारमा पाईने हरेक समान बजार मूल्यभन्दा कममा उपलब्ध गराईने उद्योग बाणिज्य संघका अध्यक्ष बिष्णु बहादुर खड्काले बताए । बजारमा १०—२० क्षेत्रफल भएको स्टल रहने छ ।
स्टलको बुकिङ्ग असोज४गतेदेखी १० गते सम्म खुल्ला गरिएको छ । बर्दिवास नगरपालिका भित्रको ब्यवसायीलेमात्रै ब्यवसायगर्न पाउनेगरी लगाउन लागिएको सस्तो बजार सञ्चालनकालागी करीब ५ लाख ५० हजार खर्चलाग्ने अनुमान गरिएको छ,भने सस्तो दशैं बजारले ६ लाख आम्दानी गर्ने संघले जनाएको छ ।





































