असल शासनको अभ्यास गर्दै बर्दिवास नगरपालिका

[sharethis-inline-buttons]

निकेश खनाल
बर्दिवास
दुई बर्ष अघि भएको स्थानिय निर्वाचनमा स्वतन्त्र प्यानलबाट बिजयी बनेका बर्दिवास नगरपालिकाका प्रमुख प्रह्लादकुमार क्षेत्री अहिले असल शासनको अभ्यासमा जुटेका छन् । स्थानीय शासन स्थानीय जनताका सवालहरु सम्बोधन गर्ने पद्धति भएकोले समेत स्थानीय सकार त्यसको निर्वाचित संयन्त्र हुँन् । स्थानीय शासनलाई संस्थागत गर्न नै विकेन्द्रीकरण र संघियताजस्ता विधिहरु संबिधानमा उल्लेख गरेर त्यसलाई प्रयोगमा ल्याइने गरिन्छ । सङ्घीयता भनेको राजनैतिक संरचना मात्र होइन, जवाफदेहितालाई संस्थागत गराउने क्रियाशील आधार पनि हो । सरकारमा एकात्मक ढाँचाको जवाफदेहिता निर्वाहले शास्त्रीय मान्यता मात्र रहन्छ । तर जब शासकीय प्रक्रियामा अरु तह थपिन्छन्, त्यसपछिको आशय जवाफदेहितालाई थप प्रभावकारी पार्नु हो। स्वाभाविक रुपमा त्यसले जनताप्रति बढी विश्वास जागृत गर्नु हो। जनताका नजिकका जननिर्वाचित सरकारहरु मध्ये स्थानिय सरकार केन्द्रीय सरकारभन्दा बढी कार्यमूलक हुनु पर्छ। नागरिकको दैनिकीसँग प्रत्यक्ष रुपमा जोडिनु पर्छ ।
यसकारण नगरिकको सवालहरुमा स्थानिय सरकार बढी जवाफदेही हुन्छन् भन्ने मान्यता राखिन्छ ।

लोकतन्त्रलाई कार्यमूलक बनाउन नै स्थानीय शासन र स्थानीय सरकार चाहिएको हो । तर सबै पालिकाहरु स्थानीय शासन प्रणाली निर्माणमा सबल देखिएका छैनन । अहिले महोत्तरीकै कतिपय नगरपालिकाले समयमा बजेट निती तथा कार्यक्रम पनि प्रस्तुत गर्न नसकेकै कारण आर्थिक अनुशासन र विकास व्यवस्थापनमा चलायमान छैनन भन्ने आलोचना भइरहँदा बर्दिवास नगरपालिकाले विकासमा कस्तो दृष्टिकोण राख्नुपर्छ, जनप्रतिनिधिले जनताको मन कसरी जित्नुपर्छ र आर्थिक सुशासनमा जनप्रतिनिधिसंग कसरी दृष्टान्त बन्नुपर्छ भन्ने उदाहरण दिएको छ। जसको अनुसरण अन्य पालिकाले गर्नसके सामाजिक बिकासमा उकालो लाग्ने थियो।

महोत्तरी जिल्लाको सुदुर उतरमा रहेको यो नगरपालिका केहिबर्ष अघिमात्रै खानेपानी, स्वास्थ्य सुविधा, वातावरण संरक्षण, स्थानीय पूर्वाधारजस्ता आधारभूत सहरी सुविधाबाट वञ्चित थियो । बर्दिवास भित्र पिउने पानीको जटिल समस्या थियो । सङ्घीयता कार्यान्वयनपछि भएको दोश्रो निर्वाचन पश्चात् निर्वाचित नगर प्रमुख प्रह्लाद कुमार क्षेत्रीको दृष्टिकोण योजनामा नगरभित्र महत्वपुर्ण कार्यहरुको थालनीको शुरुवात भयो । अर्को अर्थमा विकासका लागि दृष्टिकोण आवश्यक छ भन्ने कुराको महसुस गरीयो र स्थापित दृष्टिकोणमा आफ्ना क्रियाकलापलाई निर्दिष्ट गर्ने प्रतिबद्धता नागरिक समक्ष जनाईयो । सबैजसो स्थानीयबासीको माग रहने र जनप्रतिनिधिले पनि प्राथमिकतामा राख्ने कुरा पूर्वाधार हो । बाटोघाटो, पुलपुलेसा, सिँचाइ, खानेपानी, मठमन्दिर र खुला क्षेत्र,नगरभित्रका मुसहर समुदायको जिबन बिमा,वडा नम्बर १० का मुसहर समुदायको प्रत्येक घरमा बिद्युत मिटर जडान,शिक्षा,स्वास्थ्य संस्थामा सुधार बैदेशिक रोजगारीको क्रममा मृत्यु भएकालाई संस्कार खर्च, बैदेशिक रोजगारीकै क्रममा समस्यामा परेकालाई आवश्यक सहयोग द्वन्द पिडित असहायलाई बिभिन्न किसिमका अवसर जस्ता जनताका माग, संगै नगर प्रमुखको प्राथमिकतामा परेकै कारण यसले नगरलाई सहर तर्फ डोर्याउदै लग्यो ।

राजनैतिक रुपमा नगर बने पनि सहर बन्न नसकेको बर्दिवासले हाल जनताको सुविधा र सौन्दर्यको व्यवस्थापनको काममा जुटिसकेको छ। सहरका आधारभूत विशेषतामा सुविधा र सौन्दर्य पर्छन । सहर भनेको अवसरको केन्द्र हो, साथै सहरले सौन्दर्य पनि संरक्षण गर्न सक्नुपर्छ । यी दुई कुरालाई ध्यानमा राखेर नै सहरले आफ्नो सहरी चरित्र कायम गर्नसक्छ भन्ने कुरा निर्वाचित नगर प्रमुख क्षेत्रीले महशुस गरेर कामलाई अघि बढाएका छन् ।

पालिकाको प्रत्येक वडामा रहेको बाटोमा कालोपत्रे,पि.सि.सि ढलान पु–याउने नीति लिई सो काम पूरा गर्न नगर प्रमुखले चालेको कदमलाई जनताले जय,जयकार गरिरहेका छन । त्यसैगरी नगरभित्रका सबै वडाका टोलमा मोटर बाटो बनेका छन।
यसले सेवा र उत्पादनलाई बजारीकरणगर्न सहज पार्नेछ । प्रत्येक वडामा स्वास्थ्य पूर्वाधारसहितको स्वास्थ्य चौकी सञ्चालनमा ल्याइएका छन् ।

नगरपालिकाले सुत्केरी महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा दिने उदाहरणीय काम थालनी गरिसकेको छ । ७० वर्षमाथिका र बिपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य सेवाको व्यवस्था गरिएको छ । तेस्तै बिरामी परेका बिपन्न नागरिकलाई औषधि उपचारकालागी नगरपालिकाले बिपद ब्यवस्थापन कोषबाट उपचार खर्चमालाग्ने रकममा सहयोग गर्ने गरेको छ। बिपन्न नागरिकलाई निशुल्क एम्बुलेन्स सेवाको ब्यवस्था मिलाईएको छ ।

राम्रो स्वास्थ्य सेवाकालागी बर्दिवास अस्पतालाई स्तरोन्नती गर्दै स्वास्थ्य क्षेत्रलाई सबल बनाईएको छ। नगरभित्रका नागरिककालागी सर्प दंशको उपचार निशुल्क गरिएको छ।
पानीको हाहाकार हुने गरेको बर्दिवास नगरमा सबै नगरवासीलाई धारा चापाकल ईनार र डिप बोरिङ्गमार्फत खानेपानीको उचित ब्यवस्था मिलाईएको छ।
वातावरण व्यवस्थापनका लागि नगरलाई हरीत नगर बनाउन सामुदायिक वन संरक्षणका साथै बृहत बृक्षारोपन गर्दै बर्दिवासको वडा नम्बर ३ मा मानब निर्मित ताल खन्ने योजना बनाईएको छ।

नगरभित्रका स्थानीयलाई रोजगारीका लागि बिभिन्न सिपमुलक तालिको आयोजनागरी व्यवसायी बनाउन सहुलियत कर्जाका लागि सहकारी संस्थाहरुसंग सम्झौता गरी कार्य थालनी गरिने योजनामा नगरपालिका लागि परेको छ ।
नगरपालिकाले स्थानीय कृषि उत्पादन र खाद्य सुरक्षा तथा बजारीकरणमा योगदान पु–याउने उदेश्यले कृषि सडकको निर्माणगर्दै कृषि मिटरको बिद्युत महसुलमा छुटको ब्यवस्था मिलाउने योजनामा लागेको छ। यसैगरी नगरभित्रबाट निस्कने पोेहरमैला लाई ब्यवस्थितगदै फोहरलाई मोहरमा रुपान्तरण गर्नेकाम समेको प्रकृयामा बर्दिवास नगरपालिका पुगेको छ ।यो नगरमा खेलकुदको बिकासका साथै
पालिकाको सबैभन्दा महत्वपूर्ण धार्मिक–सांस्कृतिक–पर्यटकीय स्थल टुटेश्वर, पञ्चधुरा माईस्थान जस्ता मन्दिर क्षेत्रमा सौदर्यकरणकालागी लगानी गरीने छ । बर्दिवासमा शिक्षको बिकासकालागी जनता, नाथोम, जनहित नन्दलाल लगायत कलेजलाई भबन निर्माणकालागी जग्गा व्यवस्थापन गरेको छ ।

नगरपालिकाको अरु निकै महत्वकांक्षी परियोजनाका रुपमा रहेको रामजानकी फन पार्क स्मार्ट सिटी राम जानकी कम्पलेक्स निर्माणकालागी डि.पि.आर तयार भएको छ। यसरी बर्दिवास नगरपालिकामा मेयर प्रह्लाद कुमार क्षेत्रीको नेतृत्वमा भईरहेको ५ बर्षे विकास भिजनको काम तिब्रताको साथ अघि बढेको छ । अर्को उदाहरणीय पक्ष बर्दिवास नगरका मेयरले तलब–भत्ताजस्ता सुविधा समेत सामाजिक कार्यमै खर्चेका छन । राजनीतिक प्रतिस्पर्धा निर्वाचनका समयमा मात्रै हुनुपर्छ, विकासमा सबैको समान सहभागिता चाहिन्छ भन्ने गरेका मेयरले अन्य राजनितिक दलका नेता कार्यकर्तासंगको सहकार्यमै कामगर्न रमाउने गर्दछन ।
गरिब, असहायलाई व्यक्तिगत रुपमा सहयोग गर्न पनि क्षेत्री उदाहरणिय बनेका छन् ।

वार्षिक विकास कार्यक्रम तर्जुमा नगर सभाबाट स्वीकृत गरेर जनताप्रतिको कर्तव्य निर्वाहको कडीलाई प्राथमिकतादिदै
नगरपालिकाले यसरी स्थानीय जनताप्रतीको उत्तरदायित्व र सुशासनको केन्द्र हुन पुगेको छ।
स्थानीय तहले कसरी विकास र सुशासनको अगुवाइ गर्नसक्छ भन्ने सानै भए पनि उदाहरण देखाएको बर्दिवासले असल कुराको सुरुवात साना कामहरुबाट पनि हुनसक्छ, तर त्यसलाई निरन्तरता दिनुपर्छ भन्ने उदाहरण सबैको सामु दिएको छ ।