मधेस प्रदेशमा भोली (सोमवार) सार्वजनिक विदा

[sharethis-inline-buttons]

निकेश खनाल
बर्दिवास
मधेस प्रदेशमा भोली (सोमवार) सार्वजनिक विदादिने भएको छ।मधेस प्रदेश सरकारको गृह,संचार तथा कानुन मन्त्रालयले एक सुचना जारी गर्दै इश्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्मदिनको अवसरमा मधेस प्रदेशभर सार्वजनिक विदा दिने निणर्य गरेको हो।

२०८१ सालमा मधेस प्रदेशमा पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा सार्वजनिक विदा दिने भनि मधेश प्रदेश सरकारको मन्त्री परिषदले २०८०–१२–११ गते गरेको निर्णय अनुसार सार्वजनिक विदा सम्बन्धी सूचना यकिन हुने गरी सार्वजनिक विदा दिने व्यवस्था अनुसार भोली भदौ ३१ गते मधेस प्रदेशभित्र सार्वजनिक विदा दिईएको बताईएको छ।

सोही अवसरमा इश्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्मदिनको अवसरमा शुभकामना समेत व्यक्त गरिएको छ।