निकिता खनाल
बर्दिवास
बर्दिवास नगरपालिकाका प्रमुख प्रह्लाद कुमार क्षेत्रीले नगरपालिका भित्र रहेका सम्पुर्ण सहकारीलाई देशभर उत्कृष्ट बनाउन सहयोग गर्ने बताएका छन। महोत्तरीको बर्दिवासमा मंगलवार बर्दिवास बचत तथा ऋण सहकारी संस्थाको १३ औ साधारण सभालाई सम्बोधनगर्ने क्रममा उनले सो कुरा बताएका हुन उनले सहकारी भनेको नागरीकहरु बिचको सहकार्य भएकोले यो संग गरेको कारोवारले आर्थिक उन्नतीमा टेवा पुग्ने गरेको उल्लेख गरे ।
प्रमुख क्षेत्रीले यो सहकारी संस्था आर्थिक बर्ष २०८०⁄८१ मा नेपस्कुनबाट मधेश प्रदेशकै उत्कृष्ट सहकारी हुन सफल भएकोमा बधाई तथा शुभकामना दिदै संस्थालाई ब्यवस्थितगर्न शेयर सदस्य र बचतकर्ताको रकमको ग्यारेन्टीगर्न संघिय सरकारले ऐनमा संशोधन गर्नुपर्ने कुरामा जोड दिए। उनले सहकारीको बिकास नै मुलत शेयर धनिको आर्थिक समुन्ती भएकोले देशको अर्थतन्त्र बलियो बनाउन यस्ले मुख्य भुमिका खेल्नसक्ने बिश्वास ब्यक्त गरे ।
नगर प्रमुख क्षेत्रीले बर्दिवास नगरपालिकाभित्र सञ्चालनमा रहेका सम्पुर्ण सहकारी संस्थाले कृषी, पशुपालन, उद्योग ब्यवसाय लगायत आय आर्जनका बहुउद्देश्य नितीमा कामगर्न साझा एजेन्डा सहितको प्रस्ताबना नगरपालिकामा पेश गरेमा बर्दिवास नगरपालिकाले त्यस्ता एजेन्डामाथी छलफल चलाउदै नगरपालिकाको बजेट समेत समाबेश गरी कार्यान्वयन गरीने प्रतिबद्धता ब्यक्त गरे ।
बर्दिवास बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शंकर कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधरण सभामा कुल ३ हजार ५ सय ४४ शेयर सदस्य रहेका छन। यो संगै सहकारी संस्थाको कुल सम्पती २२ करोड २० लाख रहेको छ ।
त्यसैगरी गत आर्थिक वर्षको शेयर पूँजी २ करोड ३९ लाख २९ हजार २ सय रहेको छ।त्यस्तै कुल बचत १५ करोड ५० लाख,ऋण लगानी १७ करोड, संस्थागत पुँजी २ करोड ४४ लाख रहेको संस्थाले
आ .व. २०८०⁄८१ मा २२लाख नाफा गरेको संस्थाका ब्यबस्थापक रमेश सिंह ठकुरीले जानकारी दिए। बर्दिवास बचत तथा ऋण सहकारी संस्थाले हाल एटिएम कार्ड, क्यु आर कोर्ड,मोबाईल बैकिङ्ग, रेमिटान्स लागायत बिभिन किसिमको सेवाहरु सेयर सदस्यलाई दिदै आएको जनाएको छ।
संस्थाले असल ऋणी, बचतकर्ता, जेष्ठ सदस्य,शेयर सदस्यका,जेहन्दार संस्थागत तथा सामुदायिक बिद्यालयमा अध्यनरत बिद्यार्थी लगायतलाई साधारणसभामा सम्मान गरेको बताईएको छ।