नगरपालिका भित्र रहेका सम्पुर्ण द्वन्द पिडित परिवारलाई शिक्षा,स्वास्थ्य रोजगार सहित न्यायमा पहुँच पुर्याउन काम गरीरहेको छु : प्रमुख क्षेत्री

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
बर्दिवास नगरपालिकाका प्रमुख प्रह्लाद कुमार क्षेत्रीले बर्दिवास नगरपालिका भित्र रहेका सम्पुर्ण द्वन्द पिडित परिवारलाई शिक्षा,स्वास्थ्य रोजगार सहित न्यायमा पहुँच पुर्याउन काम गरीरहेको छुँ भनेका छन। महोत्तरीको बर्दिवासमा सोमवार आयोजित न्यायमा पहुँच सबलिकरण कार्यक्रम अन्तरगत सामुदायिक अंकपत्र समिक्षा गोष्ठीलाई सम्बोधन गर्ने क्रममा उनको यस्तो भनाई रहेको हो ।
उनले बर्दिवास नगरपालिका भित्र बसोवास गर्ने सम्पुर्ण द्वन्द पिडित परिवारलाइ स्थाई परिचयपत्र बितरण गर्दै सिमान्तकृत, दलित, र अतिबिपन्न नागरिक संगै द्वन्द पिडित परिवारलाको समेत स्वास्थ्यबिमा नगरपालिकाले गरीदिने जनाए उनले यो नगरका त्यस्तो परीवारका बालबालिकालाई शिक्षामा पहुँच पुर्याउन नगरभित्रका सामुदायिक तथा संस्थागत बिद्यालयमा पुर्ण छात्रबृत्तीको ब्यवस्था नगरपालिकाले गरिसकेको प्रस्ट पारे ।
प्रमुख क्षेत्रीले द्वन्द पिडित परिवारमा रोजगारको ब्यवस्था मिलाउन नगरपालिकाले बिभिन्न किसिमको सिपमुलक तालिमको ब्यवस्था मिलाई साना तथा मझौला ब्यवसायकालागी उचित पुँजीको प्रबन्ध स्थानिय सरकारले मिलाईदिने प्रस्ट पारे । उनले अहिले नगरपालिकाले यहँका सम्पुर्ण संघ संस्थाहरुसंग सहकार्यको नितीलाई अघि बढाएको भन्दै सबैनागरिक तथा संघ संस्थाहरुसंगको सहकार्यले नै बर्दिवाको बिकासले सोचेको जस्तो गतिलिने बिश्वास ब्यक्त गरे।
कार्यक्रममा स्थानिय सरकारले द्वन्द पिडितको बर्गिकरण र तथ्यांक संकलन, स्थानिय सरकारले आयोजनागर्ने योजना तर्जुमा, स्थानिय सरकाले द्वन्द पिडितलाई लक्षितगरी गर्ने आर्य आर्जनका काम, स्थानिय सरकार मार्फत द्वन्द पिडितहरुले गर्ने परिपुरण सुबिधा उपभोग,सशत्र द्वन्दकालका घटनाहरुको स्मृतीकालागी भएको कार्यक्रम सञ्चालन, द्वन्द पिडितहरुले आवश्यकतानुसार मनो सामाजिक सेवा, द्वन्द पिडितको कार्यक्रम पालिकाको नितितथा कार्यक्रममा समाबेश,द्वन्द पिडितका कार्यक्रम सशर्त अनुदान कार्यक्रममा पार्न प्रदेश तथा संघ सरकारमा पहलकालागी सिफरिस लगायतका बिषयमा छलफल भएको बताईएको छ ।