आज्ञा खबर
बर्दिवास
बर्दिवास नगरपालिकाका मेयर प्रह्लादकुमार क्षेत्री अहिले मधेश प्रदेशकै राजनीतिमा सर्वाधिक चर्चाको शिखरमा छन् । बषौंदेखि बिकासबाट बन्चित बर्दिवास नगरको मुहार फेर्न होस वा नागरिकका जिबनमा आईपर्ने कुनैपनी समस्या समाधानकालागी होस मेयर क्षेत्री कसैसंगपनी बिभेद नगरी नागरीकका समस्या समाधान गर्न सधै तल्लिन देखिन्छन ।
बर्दिवासको शिक्षा, स्वास्थ्य, संस्कृति, पर्यावरण, सडक निर्माण,ढलान,कालोपत्रे, पुल, निर्माण विकासमा मेयर क्षेत्रीले पुनर्जागरणको लहर ल्याएका छन्। जस्ले गर्दा मधेश प्रदेश्को बिकास उन्मुख शहर तथा साझा गन्तब्यको रुपमा परिचित बर्दिवासको स्वरुपमै परिवर्तन आइरहेको छ । बिकाशको यो गतिसंगै नगरभित्र देखिएका फोहोरलाई मोहर बनाउने योजना सहित यो नगरीलाई ‘हाम्रो बर्दिवास राम्रो बर्दिवासको जन सपना साकार हुने विस्वास यहाका नागरिकहरुमा बलशाली बनिरहेको छ ।
स्थानीय निर्वाचनमा नगरबासीहरुले ठुला दलहरुका प्रभाबशाली उम्मेदवाारहरुलाई धुलो चटाउँदै मेयर पदमा क्षेत्रीलाई निर्वाचित गर्नुको कारणलेनै आज मेयर प्रह्लाद कुमार क्षेत्री विकासवादी कदमहरुमा भेटिदैछन्।
मेयर क्षेत्रीको पहिचान यतिबेला विकास प्रेमी जननेतामा मात्रै सिमित छैन । आम मानिसहरुले भन्न थालेका छन् ‘हाम्रोनेता हुनु त प्रह्लादजी जस्तो’ । करीब अढाई बर्षआघि नेपाली कांग्रेसबाट चुनाबको टिकट नपाएर स्वतन्त्रबाट चुनाब जितेका क्षेत्री पुनह कांग्रेस पार्टीमै फर्कि सकेका छन । बिगत दुईबर्ष यता एमाले, माओवादी, जनता समाजवादी लगायतका राष्ट्रिय राजनीतिका शिर्ष पार्टीका स्थानिय नेताहरु समक्ष समेत मेयर क्षेत्रीले आफ्नो प्रभुत्व राख्न सफल भएका छन्।
मेयर क्षेत्रीलाई नगर भित्रका एक दुईजना राजनितिक दलका नेता,कार्यकर्ताहरुले उनको सकारात्मक कामकाजलाई गलत किसिमले ब्याख्या बिश्लेशन गरेर सामाजिक सञ्जाल मार्फत तिखो आलोचना गर्न बाँकी नराखेपनी जनस्तरबाट उनले समर्थन जुटाउदै काममा अघि बढीरहेका छन्।
नगरबासीहरुले उनको सहि र समय सन्दर्भ नीतिका कारण उनले देखाएका नगर स्तरीय भक्तिपुर्ण भावनालाई लोकस्तरसम्म प्रवाह गर्न सफल भएका छन् । उनको यो छविको कारण स्वभिमानी नगरबासीहरुले मुरीमुरी प्रशंसा गरिरहेका छन् । र भनिरहेका छन् नगर प्रमुख हुँन त हुनु त, प्रह्लाद क्षेत्री जस्तो ।
बर्दिवास नगरभित्र हाल केही राजनितिक दलका नेता, कार्यकर्ताहरुमा देखिएको आराजनीतिक, संस्कार र अराजकताबादका कारण भोलिको बर्दिवासको राजनितीले कुन किसिमको मोड लिनेहो आम नगरबासीको चिन्ता र चासोको बिषय बनेको छ । बर्दिवासलाई सच्चै सुन्दर नगरीकोरुपमा स्थापित गर्न र यहँको राजनितिक संस्कारलाई बाचाउदै लैजाने हो भने सबैजना बर्दिवासको बिकासमा हातेमालो गर्नुपर्ने आजको आवश्यकता महसुस गरीएको छ ।