बाराबाट फरार प्रतिवादी पक्राउ

[sharethis-inline-buttons]

आज्ञा खबर
बारा
नक्कली मुद्रा कारोबारमा २ वर्ष कैद र ४ लाख ७६ हजार ८ सय रुपैयाँ जरिवाना तोकिएका एक फरार प्रतिवादीलाई बारा प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरी टोलीले सिम्रौनगढ नगरपालिका ४ निवासी ३८ वर्षीय मकसुद अन्सारीलाई पक्राउ गरेको हो ।
अन्सारीमाथि कानुनी प्रक्रिया सुरु गरिएको बारा प्रहरीले जनाएको छ।